१८ बैशाख २०८१, मङ्लबार
१८ बैशाख २०८१, मङ्लबार

लुम्बिनीमा संसदीय समितीको ७ सभापति निर्विरोध निर्वाचित

Workplace

देउखुरी ४ बैशाख । लुम्बिनी प्रदेश सभा संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लागेको छ । सातवटा समितिमध्ये एमालेले ३ र कांग्रेस र माओवादीले २÷२ वटा समितिको सभापतिको सहमतीय आधारमा बाँडफाँड गरेका थिए । तीन दलको साझा सहमतिमा उम्मेदवार चयन गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले बताए ।
उनका अनुसार एमालेका भागमा परेका अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र १ (१) का सांसद राजु श्रेष्ठ, भौतिक पूर्वाधार समिति सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र २ (२) का सांसद रामजीप्रसाद घिमिरे र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधरीलाल न्यौपाने उम्मेदवार बनाएको छ ।
कांग्रेसको भागमा परेका सार्वजनिक लेखा समिति सभापतिमा बाँकेकी माया पुन र कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र १ (१) का सांसद विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् ।माओवादीको भागमा परेको प्रदेश मामिला तथा कानुन समितिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा र सामाजिक विकास समितिको सभापतिमा गुल्मीका यमबहादुर नेपाली सार्कीलाई उम्मेदवार चयन गरिएको माओवादीका प्रमुख सचेतक थारुले बताए ।संसदीय विषयगत समितिले सरकारका काम कारबाहीबारे छानबिन गर्ने, अनुगमन गरी खबरदारी गर्ने र सदन नचलेका समयमा समेत काम गर्न पाउँछन् ।लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले ७ वटा विषयगत समितिका सभापतिको निर्वाचन बुधबार हुने कार्यतालिका सार्वजनिक गरिएको बताए । लेखा, अर्थ, उद्योग तथा पर्यटन र सामाजिक विकास समितिको बुधबार बिहान ८ बजे र अरु सबै समितिको ९ बजे निर्वाचनको समय तोकिएको छ ।मिनि संसदको रुपमा रहेको समितिमा जेष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्ने गरेर विभिन्न विषयमा दफावार छलफल गर्ने गरेपनि नेतृत्व १७ महिना देखि सभापति चयन भएको थिएन ।
लुम्विनीमा संसदीय समितीको ७ सभापति निर्विरोध निर्वाचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै