हृदय भुसाल अर्घाखाँची । बाजाँ गाजा रर्याली सहित शान्ती माबि मालारानी ५ बागीँको हिरक महोत्वस लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोख बहादुर महराले उद्घाटन गर्ने भएका छन् । बुद्धजयन्तीको अवसरमा सोमबार शान्ती माबिले स्थापना भएको ६० औँ बर्षगाठको अवसरमा हिरक महोत्सव मनाउने तयारी पुरा भएको जनाकारी बिधालय ब्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर खड्काले बताउनु भयो ।
हिरक महोत्वसका लागी मुख्य मन्त्री सहित पुर्व पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली,प्रतिनिधी सभा सदस्य बिजुला रायमाझी,लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्य,लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरे सहित स्थानिय तहका प्रमुख उपप्रमुख सहित बिधालयले उत्पादन गरेका उच्च पदस्थ ब्याक्तीहरु समेतको भब्य समारोहमा आथित्यता रहने प्रधानध्यापक मान बहादुर पाण्डेले बताए ।
बिधालयले हिरक महोत्वसलाई भब्य,सभ्य र ऐतिहासिक बनाउनका लागी बिभिन्न खालका उपसमितीहरुको निमार्ण,बिभिन्न चरणका अन्तरकृया,भेटघाट,हिरक स्मारिका प्रकाशन समिती,तथ्याङ्ग संकलन समिती,बृत्तचित्र प्रकाशन समिती,सल्लाहकार समिती,खेलकुद समितीहरु मार्फत बिभिन्न महत्वपुर्ण गतिबिधी र उपलब्धी समेत हासिल गरिएको प्रधानध्यापक पाण्डेले बताए ।
मालारानी ५ का वाड अध्यक्ष तुल्सीराम मिश्रले हिरक महोत्सव समारोहलाई सफल पार्न मन,बचन,कर्म र आर्थिक हिसावले समेत सवैलाई सहयोग गरिरहनु भएको भन्दै गर्दै बिगतको समिक्षा,बर्तमानको काम र भावी योजनाहरु निमार्ण गरी बिधालय अगाडी बढ्ने बताए । ऐतिहासिक हिरक महोत्वसलाई सफल र भब्य बनाउन वडा वसी नै परिचालित हुनु भएको वडा अध्यक्ष मिश्रले बताए ।
अर्घाखाँची जिल्लाको कम्प्युटर इन्जिनियरिङ्गको कक्षाहरु संचालन गर्ने एकमात्र शान्ती माबि बि.स २०१९ साल बैशाक ३ गते स्थापना हो । यसअघि बि.स २०४४ सालमा रजत महोत्सव, बि.स २०६९ सालनमा स्वर्ण महोत्सव मनाएको थियो ।
२०७६ सालदेखी कम्प्युटर इन्जिनियरिङ्ग संचालन गरेको बिधालयले प्रधानध्यापक पाण्डेका अनुसार कम्प्युटर इन्जियनियरिङ्ग कक्षा १२ को पहिलो ब्याजको बोर्ड परिक्षामा संलग्न सवै ३६ जना बिधार्थीहरु उच्च ग्रेड सहित सफलता प्रात्त गरेका थिए भने हाल सम्म एसइई मा १८ सय २२ जना उर्तिण भएको र प्लसल टु शिक्षा संकाय तर्फ ४७० जना र ब्यवस्थापन तर्फ २३३ जनाले उर्तिण गरि देश बिदेशमा प्रतिष्ठित ब्याक्तीहरुलाई समेत बिधालयले उत्पादन गरिसकेको बिधालयले बताएको छ ।
हिरक महोत्वसवका अवसरमा बिधालयले चरणवद्ध बिभिन्न कार्यक्रमहरु गर्दे आएको रुपमा गर्दे शिक्षक माधव पन्थीले बताउनु भयो ।
पुर्व बिधार्थी अभिभावक,शिक्षक,जननप्रनिनिधी बिधार्थी,शिक्षा प्रेमी सवै सरोकारवालाहरु हिरक महोत्वसलाई भब्य बनाउन एकता बद्ध भयर लागेको पुर्व बिधार्थी समाजका सचिव एवम पत्रकार नविन केसीले बताए ।
राष्ट्रिय कलाकार बिष्णु खत्री,मोहित मुनाल,डान्सर श्रृष्टि अधिकारीको सहितको भब्य प्रस्तुती समेत रहने बिधालयले जनाएको छ ।
शान्ती माबिको हिरक महोत्सवको तयारी पुराःमुख्य मन्त्री महराद्धारा उद्घाटन हुने
तपाईको प्रतिक्रिया