२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

क्याम्पस संचालनका लागी महायज्ञ

Workplace

हृदय भुसाल अर्घाखाँची ।देशकै ठुलो नगरपालिका सितगंगा नगरपालिका भौगोलिक बिकटताका कारण अझै पनि धेरै अपेक्षित रुपमा बिकास हुन सकिरहेको छैन् । एक वडा बाट अर्को वडा र पालिकाको केन्द्र  सम्म पुग्न पनि थुप्रै समय लाग्ने जिल्लाको आधा भन्दा धेरै भुभागमा भएको उक्त  नगरपलिकाको केन्द्र ठाडामा  पर्दछ । नगरपालिकाको एक मात्र ज्योति भबिश्वर क्याम्पसले क्याम्पस संचालन गरेको छ । बाजा गाजाँ,नाचँगान,कलश यात्रा सहित धार्मिक तथा  ऐतिहासिक महत्व बोकेको सुन्दर,प्राकृतिक ,मनमोहक  दृश्य रहेको ठाडाको डमरु दहमा भब्य कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले महायज्ञको समुद्घाटन गरेका छन् ।
९ दिन सम्म चल्ने महायज्ञको सनिवार उद्घाटन गर्दे प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नयाँ बर्ष २०८१ ले मुलुकमा ब्यप्त रहेको हिँसा,हत्या,अन्याए अत्याचार र बिवेदको अन्त्य भई सामाजिक न्याए सहितको समतामुलक समाजको निमार्णका साथै बिकास,समृद्धि तथा उन्नती प्रगतीका लागी नयाँ बर्षले सवैलाई प्रेरणा दिन सफल होस् भनि महायज्ञमा शुभकामना व्यक्त गरेको थिए ।
ऐतिहासिक संम्पदा,धर्म,संस्कृति, मौलिक कला,स्थानिय पहिँचाहन, उत्पादन र  पर्यटन नै बिकास र समृद्धिको मुल आधार भएको भन्दै प्रदेश सभा सदस्य घिमिरेले पुर्वाधारको बिकासलाई मात्र बिकास मान्ने र पुर्वाधारलाई मात्र प्राथमिकता दिनु गलत भएको बताए ।
ज्योती भबिश्वर क्याम्पसको सर्वागिण बिकासका लागी आफुले आबश्यक पहल गरिरहेको र आगामी दिनमा क्याम्पसको स्तरउन्नतीका लागी बिशेष पहल गर्ने सासंद घिमिरे बताए ।
सासंद घिमिरेले भने,बिगतमा क्याम्पसले २५ लाख माग गर्नु भएको थियो,सवै गर्न सकिएन सरकार अनुकुल नहुदाँ पनि प्रदेश सरकारबाट  १० लाख सम्म बिनियोजन गरेका छौँआर्थिक,सामाजिक बिकास बिना समग्र बिकास हुन सक्दैन्,आउने बजेटमा क्याम्पसको पुर्वाधार बिकासका लागी आबश्यक पहल गर्नेछु,म जनता र सरकार बिचको पुलको काम गर्ने जनप्रतिनिधी हो,त्यसको लागी कुनै कमि हुने,छैन्,जिल्लाको आधा भुभाग भन्दा वढि रहेको नगरपालिकाको रहेको उक्त क्याम्पसको भौतिक पुर्वाधारको बिकास गरि क्याम्पसलाई जिल्लाको शैशिक धरोधरको रुपमा बिकास गर्न हामी सवै प्रतिबद्ध छौँ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका  प्रमुख जिवनारायण कोईरालाले क्याम्पसले संचालन गरेको महायज्ञ आफ्नो उदेश्य पुरा गर्न  सफल होस् भन्दै आफुले पनि त्यसका लागी आबश्यक साथ सहयोग गर्ने बताए ।
प्रमुख कोईरालाले भने,‘महायज्ञको टिमलाई अर्घाखाँचीमा स्वागत गर्दछौँ,प्रमुख कथाबाचकको प्रस्तुती निकै आकर्षक लाग्यो,उहाँका धेरै कुराहरु सुनौँ सुनौँ लाग्ने खालका छन्,प्रस्तुतीले नै सवैलाई प्रभाबित पार्ने हो,यो महायज्ञले सामाजिक,आर्थिक र जिल्लाको पर्यटन बिकासमा समेत टेवा पुराउने अपेक्षा रहेको छ,यसका लागी सवैजना एकता बद्व भयर लाग्नुपर्ने हुन्छ’।
नगरप्रमुख छबिलाल पौडेलले महायज्ञ संचालनका लागी आयोजना गर्ने र कथाबाचक मानवसेवा फाउन्डशनको सम्पुर्ण टिमलाई शितगंगा नगरपालिकामा हार्दिक स्वागत गर्दे महायज्ञलाई सफल बनाउन नगरपालिकाको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने बताए ।
नगरप्रमुख पौडेलले भने,शितगंगा नगरपालिका भौगोलिक अवस्थाले गर्दा काम गर्न निकै गाह्राे भएको छ,एकैपटक स्वीकृत भएको जिल्लाका अन्य क्याम्पसहरु पुर्वाधार र बिकासको हिसावले धेरै अगाडी बढेको छन्,हाम्रो क्याम्पसको अझै पनि निकै दयनिय अवस्थामा छ,यसका लागी शितगंगा बासीले सहयोग गरि अगाडी बढाउनु पर्ने अवस्था आएको भन्दै सवै सरोकारवालाहरुलाई सहयोग गर्न समेत बिशेष अनुरोध गर्दछु’।
शितगंगा नगरपालिकामा प्रयाप्त बजेटको  अभाव हुदाँ क्याम्पसको समग्र बिकास तथा स्तरउन्नतीका  लागी महायज्ञको आयोजना गरिएको नगरपालिका नगर उपप्रखु गिता भाटले बताईन् ।
उपप्रमुख भाटले भनिन,‘यो महायज्ञमा सवैलाई नगरको तर्फबाट हार्दिक स्वागत गर्दछु,नगरपालिकाको तर्फबाट सक्ने जति खुलेर सहयोग गर्ने नै छौँ,यो क्याम्पस बास्तवमा आमा बनेका छोरी बुहारीलाई राम्रो अवसर र वातावरण बन्न सक्छ,यसले धेरैलाई घरमै बसी बसी क्याम्पस अध्ययन गर्न पाउँने अवसर पनि दिएको छ,क्याम्पसले धेरै राम्रो बिधार्थी समेत उत्पादन गर्न सफल भएको छ,आगामी दिनमा अरु क्षेत्रको बजेट काटेर भए पनि क्याम्पसमा बजेट निनियोजनमा ध्यान दिने छाँै’।
धार्मिक,सांस्कृतिक,ऐतिहासिक महत्व बोकेको शितगंगा र क्याम्पसको समग्र बिकासका लागी सवै पक्ष एक भयर लाग्नु पर्ने भन्दै त्यसका लागी सवै सकारात्मक सोँचका साथ अगाडी बढ्नु पर्ने पुर्व नगर प्रमुख सुर्य अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले भने,‘मूख्य कथाबाचक साच्चिकै सेवक हुनुहुदोँ रहेछ,हाम्रो सोँच,काम किन साधुरो भएको छ,सामाजिक काम गर्ने प्रकृया प्रणालीमा समस्या देखिन्छ,प्रयाप्त छलफल परामर्श गर्न किन गाह्राे भएको छ,अव यो क्याम्पसको बिकासका लागी म पहिलले देखि  निरन्तर लागिरहेको छु,भोली पनि लाग्ने छु’।
शिक्षाको बिकास र क्याम्पसको सर्वागिण बिकासका लागी नगरपालिकाको प्रशासनिक क्षेत्रबाट पुर्ण रुपमा सहयोग हुने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए ।
महायज्ञ संचालनका लागी आएको टिमले कुनै पैसा नलिने बरु आफुहरुले नै क्याम्पसलाई सहयोग गर्ने महायज्ञका मुख्य कथाबाचक  बिश्वबिख्यात बालयोगेश्वर बिजयकृष्ण मुर्ति महाजराजले बताए ।
मुख्य कथाबाचक महाराजले भने,‘हामीहरु देशका बिभिन्न धेरै जिल्लामा यसरी महायज्ञ सफल र भब्य रुपमा गर्दे आएका छौँ,यहाँ पनि सफल र भब्य रुपमा सम्पन्न गर्ने छाँै,त्यसका लागी यहाँहरु सवैको साथ सहयोग र एकता चाहिन्छ,सवैले सामाजिक कार्यमा खुलेर सहयोग गर्नु नै हुने छ, क्याम्पसको बिकास उन्नती प्रगतीका लागी मानव सेवा फाउन्डेशनको सधैँ साथ सहयोग रहने छ,नौ  दिन सम्म चल्ने महायज्ञका बिभिन्न कथाहरु श्रवण गर्ने,भवनकिर्तन आरतीहरु लगायतका सवै गतिबिधीहरुमा यहाँहरुको सक्रिय सहभागीता रहने छ’।
महायज्ञलाई ब्यवस्थित भब्य ऐतिहासिक बनाउन बिभिन्न उपसमितीहरु मार्फत काम कार्वाही अगाडी बढाएको क्याम्पस संचालक समितीका अध्यक्ष कुमार केशव बेल्वासेले बताए । अध्यक्ष बेल्वासेले भने,‘शिक्षा क्षेत्रको बिकासका लागी सवैको साथ अवश्य चाहिन्छ,काम गर्दा केही कमजोरी भए त्यसलाई हामीहरु सच्यायर अगाडी बढ्न तयार छौँ,काम गर्ने मान्छेका कमजोरी हुन सक्छन,हामी सवै मिलेर क्याम्पसको बिकास र महायज्ञ सफल गर्न लागौँ,यो सिगोँ जिल्ला र शितगंगा नगरवासी सवैको महायज्ञ हो’।
शितगंगाको बिकास र समृद्धिका लागी महायज्ञले सवैलाई एक ठाउँमा उभ्याई थप एकताबद्ध बनाई अगाडी बढ्न सहयोग गर्ने शितगंगा नगरपालिका स्थानिय एवम नेपाल सरकारका उपसचिव राजन बिसीले बताए ।
क्याम्पस स्थापना भएका ११ बर्ष निकै संकटका साथ संचालन गर्नु पर्ने बाध्यता भएको क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।
प्रमुख भट्टराईले भने,‘हामीहरु रहरले यो महायज्ञ गर्न लागेका छैनौँ,बाध्यताले गर्न लागेका हौँ,बल्ल तल्ल बन्न लागेका भवन अलपत्र अवस्थामा छ,शिक्षकलाई श्रम अनुसारको सेवा सुबिधा दिन सकेका छैनौँ,अघिल्लो महायज्ञमा जम्मा भएका रकम बाट आएको ब्याजले धानेका छौँ,बिकट क्षेत्रका गरिब बिपन्न बिधार्थीहरुलाई पठ्न पाठन गर्न पाउँदा खुसी पनि लाग्छ,निकै कठिनताका साथ संचालन गरेका छौँ,यो महायज्ञमा सवै सरोकारवालाहरुलाई खुलेर सहयोग गर्न अनुरोध गर्दछौँ’।
क्याम्पस संचालनका लागी अझै पनि महायज्ञ संचालन गर्नुपर्ने त्यसका लागी चन्दां सहयोग माग्नुपर्ने अवस्था रहेकोले एकपटक राज्य संचालकहरुले सोँच्नुपर्ने भन्दै ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन कागजमा मात्र सितित भएको नेपाल पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसालले बताए ।
महायज्ञको अवधीभर बिहान,दिउसोँ,साझ बिभिन्न खालका कथा बाचँन,भजन किर्तन,आरती साथै बिवाह,व्रतबन्ध,रुद्रि ग्रहशान्ति,चौरासी पुजा,तुलादान,लक्ष्य पुजा,समेत गरिने महाराजका सचिवालयमा रहनु भएका स्वकीय  बिष्णु थापाले बताए ।
महायज्ञमा शितगंगा नगरपालिका क्षेत्रका बिभिन्न शक्ति पिठहरुको महाआरती,दिब्य कलश पुजन,स्थानिय जातजातिको झाँकी प्रदर्शन,बिशिष्ट ब्यक्तिहरु लाई स्वागत  तथा सम्मान,कन्या पुजन,धन्याञ्चल पर्वत तथा अन्य पुजाँ,जेष्ठ नागरिक तथा एकल नागरिकलाई सम्मान,बिभिन्न संघ संस्थाहरुलाई संम्मान,धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरिने कुलराज पौडेलले बताए ।
शिक्षा र ब्यवस्थापन संकायमा स्नातहक तह अध्ययन गराईने उक्त  महायज्ञ संचालन बाट करिब ५ करोड सम्म उठ्न सक्ने लक्ष्य रहेको क्याम्पस संचालक समितीका उपाध्यक्ष कासिराम आचार्यले बताए ।महायज्ञको समुद्घाटमा जनप्रतिनिधी राजनैतिक दल,कर्मचारी पत्रकार,उधोगी ब्यपारी सामाजिक तथा धार्मिक शैशिक ब्यक्तीत्व र आम जनसमुदायहरुको उपस्थिीमा गरिएको थियो । उद्घाटन कार्यक्रम क्याम्पस संचालक समितीका अध्ययक्ष कुमार केबव बेल्वासेको अध्यक्षता,क्याम्पस प्रमुख बिष्णु भट्टराईको स्वागत तथा पत्रकार अराजसिँह बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।
महायज्ञ संचालनका लागी आबश्यक कथाबाचन तथा सांगितिक प्रस्तुती र भजनकिर्तन आरती सहित महायज्ञको प्राबिधिक ब्यवस्थापन मानवसेवा फाउन्डेशन काण्ठमाण्डौैँको टिमले गर्ने क्याम्पसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै