प्रतिनिधि सभाको चालु अधिवेशन आजदेखि अन्त्य

काठमाण्डाै – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने जानकारी दिनुभएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन अन्त्यको सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो ।

अधिवेशन आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराउनुभयो । बैठकमा उहाँले प्रतिनिधि सभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराउनुभएको छ । चालु अधिवेशन गएको माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक बैठक बसेका छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत भएको बताउनुभयो । उहाँका अनुसार कांग्रेसले सरकारको निर्णयको विरोध जनाएको छ । सदनमा विपक्षी दलहरूले सहकारीको रकम अपचलन लगायतका विषयमा कुरा उठाउँदै आएको विषयलाई गम्भीरतापूर्वक नलिएर सरकारले गैरजिम्मेवारीपन देखाएको लेखकले बताउनुभयो ।

प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनेर सत्तापक्षले लगाएको आरोप झुटो भएको पनि कांग्रेसको ठहर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै