१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

ग्यास्ट्रो सेन्टर बुटवल द्वारा सन्धिखर्क अभिमुखिकरण

Workplace

हृदय भुुसाल अर्घाखाँची । ग्यास्ट्रो सेन्टर प्रालीे वुटवलले सन्धिखर्कमा चिकित्सक,स्वास्थ्यकर्मि तथा सरोकारवालाहरुको बिचमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रममा नेपालमा ग्यास्ट्राइटिस रोगका अवस्था,रोगको परिचय,लक्षण,ध्यान दिनुपर्ने बिषय तथा उपचार बिधी बारे मुख्य प्रशिक्षक एवम आन्द्रा ,प्यान्क्रियज रोग बिशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिए ।
डाक्टर भुसालले भने,‘पेट दुख्ने पोल्ने,अम्लपित बढ्ने,भोक हराउने,वाकवाकी लाग्नु, आदी लक्षणयुक्त हाम्रो राष्ट्रिय रोग हो ग्यास्ट्राइटिस,लामो समयदेखी ग्यास्ट्राइटिसको समस्या भएका ब्यतmीहरुले पटक पटक औषधी सेवन गर्छन्,तर चिकित्सकको सल्लाह लिदैनन्,त्यस्तो हुदाँ कहिलेकाही ग्यास्ट्राइटिस र मुटुको दुखाई छुट्टाउन गाह्रो  हुन्छ,त्यस्तो अवस्थामा ईसिजी नै गर्नुपर्ने हुन्छ’।
ग्यास्ट्राइटिस,समयमै उपचार नभए अल्सर पनि हुन सक्छ,रतmअल्पताको समस्या देखापर्नुका साथै साथै भिटामिन बि१२को अवशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा धेरै समस्या हुन सक्छ’यसलाई धेरैले अझै पनि सामन्य रुपमा लिएको पाईन्छ तर त्यसो गर्दा भबिस्यमा थप जटिल समस्या आउन सक्छ,सवै समयमै सचेत हुन जरुरी हुन्छ’।
डाक्टर भुसालका अनुसारमा नेपालमा आहार बिहार दैनिक काम जस्ता बिविध कारणले रोग ब्यापक मात्रमा भएको हुदाँ समयमा उपचार गरे छिटो नै निको हुने बताए ।
अन्तरकृया कार्यक्रमका प्रमुख अथिती एवम सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सवैले आहार बिहारमा बिशेष ध्यान दिनुपर्ने भन्दै रोगको पहिचाहन गरि मात्र औषधी सेवन गर्नुपर्ने बताए ।
नगरप्रमुख श्रेष्ठले भने,‘हामी आफै डाक्टर भयर जानी नजानी जथाभावी औषधी प्रयोग गछौँ,यो एकदमै गलत संस्कारको बिकास भएको छ,यसको अन्त्य गर्नुपर्छ,चिकित्सकको सल्लाह बिना औषधी सेवन गर्दा झन प्रतिकुल हुन्छ,त्यसमा सवै सचेत बन्नु पर्छ,अन्तरकृयाले थप सवैलाई सचेत र ज्ञान अभिवृद्धि गरेको छ,जिल्लाकै बिशेषज्ञ डाक्टर महेश भुसालले बिपन्न,गरिब,असायलाई निःशुल्क औषधी उपचारमा सहयोग गर्नुपर्छ,।
समय क्रमको बिकास संगै औषधी प्रबिधीको पनि तिव्र बिकास भएकोले नयाँ नयाँ अनुसन्धान बाट नयाँ बिषय आईरहने हुदाँ चिकित्सकको सल्लाह बाट नै औषधी सेवन गर्नु पर्ने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले बताए ।
अर्घाखाँची जिल्लामा जन्म भई बिशेषज्ञ डाक्टर मोहन भुसालले जिल्लामा आई यसरी सबैलाई आफुले सिकेको सिप,ज्ञान अरुले सिकाई सचेत गराउने महत्वपुर्ण कार्य गर्नु भएको भन्दै सधैँ सकारात्मक कार्यका लागी पत्रकार महासंघको सधै साथ सहयोग रहने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।
छाया हस्पिटलका प्रमुख दल बहादुर केसीले आफुहरुले जागिरको सुरुवाती चरणमा जानेको सिकेको सिप,प्रबिधी र अहिलेको प्रबिधीका कुरा गर्दा धेरै नै अन्तर भएकोले बिश्वास गर्ने नसक्ने खालको भएको भन्दै सबैले समय अनुसारको अनुसन्धान बिकसित नयाँ नयाँ प्रबिधिको प्रयोग गरि अगाडी बढ्दा निकै सजिलो समेत भएको बताए ।
अन्तरकृया कार्यक्रममा सहभागी सवैलाई प्रमाण पत्र साथै मायाको चिनो समेत प्रदान गरिएको थियो । अन्तरकृया कार्यक्रमा जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाह सहित जिल्ला स्थीत चिकित्सक,स्वास्थ्यर्की मेडिकल हस्पीटल संचालकहरु पत्रकारहरुको उपस्थितीमा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रम छायाँ मेडिकल हस्पिटल प्रालीका डाईरेक्टर दल बहादुर केहीको अध्यक्षता नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आथित्यता डाक्टर सविन श्रेष्ठको स्वागत मनत्ब्य र युवराज थापामगरको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै