हृदय भुसाल अर्घाखाँची ।भौगोलिक हिसावले नेपालकै ठुलो नगरपालिका सितगंगा नगरपालिकामा रहेको एकमात्र क्याम्पस ज्योती भविश्वर बहुमुखी क्याम्पसले ‘क्याम्पसको गुणस्तर सुधार,स्तरवृद्धि साथै अर्घाखाँचीको शैक्षिक तथा पर्यटन प्रवद्र्धनका लागी’ भन्ने मुल नाराका साथ आगामी २०८१ बैशाख १ गते देखी ९ गते सम्म धार्मिक सितगंगा ३ डमरु दहकै काखमा ज्ञान महायज्ञ गर्ने भएको छ । क्याम्पसले शनिवार पत्रकार सम्मेलन गर्दे महायज्ञ संचालन गर्न लागिएको तथा महायज्ञ तयारीको बारेमा जानकारी दिएको छ ।
ज्योती मिडिल स्कुलको नामवाट २००९ सालमा स्थापना भएको सो बिधालय बिंस २०५७ सालवाट ११ र १२ कक्षाहरु सूरु गरेको थियो । २०६९ सालवाट त्रिभुवन बिश्वविधालयवाट सम्वन्धन प्राप्त गरि स्नातक तहका ब्यवस्थापन संकाय र शिक्षा संकाय बिभिन्न कक्षाहरु सञ्चालन भएको क्याम्पस संचालक समितिका अध्यक्ष अध्यक्ष कुमार केशव वेल्वासेले वताए ।
अध्यक्ष बेल्वासेले भने,‘हाम्रो क्याम्पसको भवन निमार्णलाई प्रयाप्त बजेट नहुदाँ क्याम्पस अहिले सम्म अलपत्र अबस्थामा छ,हामीहरुले बिगतमा पनि महायज्ञ गरि उपलब्धी हाशिल गरेका हौँ,क्याम्पसको आर्थिक,शैशिक,पर्यटन बिकासका साथै समाजमा भएका बिभिन्न बिकृती बिसंगतीको अन्त्य गर्ने मुख्य उदेश्यका साथ महायज्ञ गर्न लागेका छौँ ।’
बिधालयको आर्थिक तथा भौतिक अवस्था कमजोर भएका कारण महायज्ञ गर्न लागीएको भन्दै बिकासको मुख्य मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रलाई अगाडी बढाउन क्याम्पसको महत्वपुर्ण भुमिका रहेको वडा न ३ का अध्यक्ष चिन्ताराज अधिकारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले क्याम्पसको अबस्था,महत्व,आबश्यकता साथै महायज्ञ संचालनका बारेमा ब्यापक प्रचार गरि पत्रकारहरुले सहयोग गर्नुपर्ने बताए ।
क्याम्पसको स्तरवृद्धि र शिक्षाको बिकास का लागी सवै एक भई महायज्ञ संचालन गर्न लागेको भन्दै सवै सरोकारवालाहरुको बलियो साथ सहयोग हुनुपर्ने क्याम्पस संचालक समितीका उपाध्यक्ष कासीराम आचार्यले बताए ।
स्थानिय समाजसेवी बुद्धिजिवी र नेतृत्व बाट महायज्ञ गर्नुपर्ने माग आए पोछी महायज्ञ संचालन गर्न लागिएको क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।
क्याम्पस प्रमुख भट्टराईले भने,‘यो क्याम्पस जिल्लाको दक्षिण क्षेत्रको शिक्षाको मुख्य धरोधरको रुपमा रहेको छ, क्याम्पसबाट करिब ६ दर्जन भन्दा धेरै बिधार्थीले स्नातक तह उर्तिण गरेका छन्,बिकट क्षेत्रका गरिब बिपन्न बर्गका बिधार्थीहरुले अहिले पनि नियमित रुपमा प्रथम बर्षमा करिब ४० जना बिधार्थीहरुले अध्ययन गरेका छन्,मानव सेवा नेपाल संस्थाको समन्वयमा महायज्ञ गर्ने तयारीमा छौँ, श्री बिजय कृष्णमुर्ती जी महाराज बाट मुख्य कथाबाचन हुदैछ,महायज्ञका लागी बिभिन्न समितीहरु निमार्ण गरेका छौँ,
अघिल्लो महायज्ञमा ७२ लाख संकलन गरेका थियौँ,यो पटक त्यो भन्दा पनि धेरै संकलन गर्ने लक्ष्य राखेका छौँ, भवन बनाउन लागेको भवन अलपत्र छ,अहिले बिश्वबिधालय अनुदान आयोगमा प्रस्ताव पेश गरेको छौ,न्युनतम प्रति कक्षा बराबर ४ हजार तलब दिन्छौ,त्यही पनि समयमा दिन सक्दैनौँ, बार्षिक तलवमा माात्र २८ लाख खर्च हुदै आएको छ,सवैलाई महायज्ञ सफल पार्न बिशेष अनुरोध गर्दछौँ’ क्याम्पस प्रमुख भट्टराईले भने,।
ब्यवस्था फेरी संगै जति नेतृत्व फेरी पनि कुनै पनि नेतृत्वले जनताको माग र आबश्यकताको आधारमा काम गर्न नसकेकोले महायज्ञ गर्र्न लागिएको महायज्ञ संयोजक कुलराज पौडेलले बताए ।
शिक्षाको बिकास र पर्यटन प्रवद्र्धनका लागी गर्न लागीएको महायज्ञलाई सफल पार्न पत्रकार महासंघ र सम्पुर्ण मिडियाको तर्फबाट बलियो साथ सहयोग हुने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
प्रचार प्रसारमा बिशेष सहयोग गर्न प्रचार समिती प्रमुख कमानसिँह दर्लामीले आग्रह गरे । कार्यक्रम क्याम्पस संचालक संमितीका अध्यक्ष कुमार केशब बेल्वासेको अध्यक्षता वाड अध्यक्ष चिन्ताराज अधिकारीको प्रमुख आथित्यता उपाध्यष कासीराम आचार्यको स्वागत र मिडिया संयोजक तथा पत्रकार बिष्णु कुमार आलेको संचालनमा सम्पन्न भएको थियो ।
ज्योती भबिश्वर क्याम्पसले दोस्रो धार्मिक ज्ञान महायज्ञ गर्ने
तपाईको प्रतिक्रिया