१६ बैशाख २०८१, आइतवार
१६ बैशाख २०८१, आइतवार

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी

Workplace

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले ४३ हजार ९ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको र पीडितले उजुरी दिन क्रम बढिरहेकाले ठगीको रकम बढ्न सक्ने देखिएको छ । नेपाल प्रहरीको सीआईबीका अनुसार सहकारी सञ्चालकले बचतकर्ताको रकमले सुपरमार्ट खोल्ने, घर जग्गा किन्ने, सञ्चारमाध्यम चलाउने, चिठ्ठा खेलाउने, घर बनाएर भाडामा लगाउने लगायतका गतिविधि गरेको पाइएको छ ।

यस्तै, सहकारीका सदस्य नै नभएका व्यक्तिलाई भरपर्दो धितोबिनै ऋण लगानी गर्दा पनि समस्या भएको देखिएको छ । सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले सहकारीको नाममा रहेको र त्यसका सञ्चलका नाममा रहेको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तर लामिछानेले नै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ । गृहमन्त्री लामिछानेले आरोपको खण्डन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै