हृदय भुसाल अर्घाखाँची । सरस्वती आधारभुत बिधालय भुमिकास्थान नगरपालिका वडा १0 ले बिभिन्न कार्यक्रम सहित ६३ औं बाषिक बार्शिक उत्सब सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती एबम वडा अध्यक्ष खगेस्वर पन्थीले देशकै प्रतिष्ठित ब्यक्ति जन्माएको सरस्वती बिधालयको बिकासका लागी आफू निरन्तर रुपमा लाग्ने भन्दै बिद्यार्थी,शिक्षक,अभिभाबक सबैले ध्यान दिनु पर्ने बताउनु भयो । अध्यक्ष पन्थीले प्रयाप्त बजेटका कारण बिधालयको भौतिक पुर्बाधार निर्माण गर्न नसकिएको भन्दै सरोकारवालाहरुको बिधालय प्रति कम चासो देखिएकोले अब उर्जा भएका नयाँ ब्यक्ति बाट समितीको नेतृत्व निर्माण गरि अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य जनकलाल गैरेले बिधालयको शैक्षिक गुणस्तर बिकासका लागी अभिभाबकहरुले विशेष ध्यानदिनुपर्ने भन्दै शिक्षाको सुधारका लागी सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो । जनजागृती माध्यमिक बिधालयका प्रधानध्यापक पिताम्बर खनालले शिक्षाको अपेक्षित गुणस्तर बिकासका प्रयाप्त प्राबिधिक सामाग्री र स्रोत साधनको कमि भएको बताउनु भयो । बार्शिक उत्सबमा पुर्ब बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु चुदाली, शिक्षक अभिभाबक संघका अध्यक्ष शान्ता चुदाली,नेपाली काग्रेस धन्चौर सचिव धर्मराज भट्टराई, नेकपा एमालेका प्रतिनिधि नारायण पन्थी,नेकपा एकीकृत समाजबादी भुनपा १0 अध्यक्ष सुभ बहादुर समाल,पत्रकार महासंघ अर्घाखाँचीका सहसचिब हृदय भुसाल,सत्यदेबि आधारभुत बिधालयका प्रधानध्यापक बिष्णु बन्जाडे,गोलोबल आईएम बैंक धन्चौर प्रमुख लेखनाथ पान्डे, धन्चौर प्रहरी चौकी प्रमुख लालमणी भट्टराई, पुर्ब बिद्यार्थी सन्तोष चुदाली लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिधालयको समग्र प्रगति प्रतिबेदन बिधालयका प्रधानध्यापक भोजन गुरुङले प्रस्तुत गर्नु भएको थियो । उत्सबका अबसरमा आयोजित हाजिर जबाफ तथा विभिन्न खेलकुदका प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरु साथै विभिन्न कक्षामा उत्कृष्ट अक ल्याउने बिद्यार्थी हरुलाई अक्षय कोष बाट पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा प्राप्त भएका महत्त्वपूर्ण सुझाव हरुलाई ग्रहण गरि अगाडी बढ्ने भन्दै सुझाव सुझावमै सिमित रहेकोले आगामी दिनमा अब सबैले गरेका प्रतीबद्वताहरुलाई जिम्मेवारी पुर्बक सबैले निर्बाह गर्नु पर्ने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष इश्वरि मरासिनीले बताउनु भयो । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष इश्वरि मरासिनीको अध्यक्षता शिक्षक दुर्गा प्रसाद भट्टराईको स्वागत मन्तब्य,शिक्षक प्रेमलाल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
सरस्वती बिधालयले मनायो ६३ औं बार्शिक उत्सब
तपाईको प्रतिक्रिया