२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

कार्यसम्पादन मुल्यांकनमा सन्धिखर्क पहिलो

Workplace

अर्घाखाँची  । कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम भएको छ । सन्धिखर्क ६१.८१ अंक प्राप्त गरी पहिलो भएको हो । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौँ, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौँ, सिन्धुपाल्चोककै पाँच पोखरी थांपाल गाउँपालिका ४९.३६ अंक सहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दसौँ भएका छन् ।

यसैगरी गुल्मीको मालिका गाउँपालिका देशभरिका गाउँपालिकामध्ये उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा मालिका उत्कृष्ट भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार मालिकाले ५५.४० अंक प्राप्त गरी गाउँपालिकामध्येमा मालिका देशकै पहिलो बनेको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा(९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

गाउँपालिकामध्ये सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित देशमै दोस्रो स्थानमा छ । तेस्रोमा गुल्मीकै चन्द्रकोट गाउँपालिकाले ५२.५७ अंक प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै