४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

त्रिभुवन बहुमुखी क्याम्पस तानसेद्वारा त्रिभुवन जर्नल” को लोकार्पण

Workplace

पदम गैरे पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले अनुसन्धान मूलक जर्नलको तेस्रो “कृति त्रिभुवन जर्नल” को लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार कृष्णप्रसाद बस्यालले त्रिभुवन विश्वविद्यालय र यसका धेरै आङ्गिक क्याम्पसहरुमाधेरै समस्या रहेको बताउनुभयो । केही क्याम्पसलाई ग्रेडिङ्ग गरेर, प्राथमिकता तोकेरै भएपनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपत्यका बाहिरका क्याम्पसलाइ प्राथमिकतामा राखेर सुधारको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयमा वषौंदेखि विज्ञापन हुन नसकेको समस्या, प्राध्यापक र कर्मचारीका समस्यालगायत अनगिन्ती समस्या समाधान गर्न अहिले शिक्षक, कर्मचारीको रिक्त दरबन्दीको लेखाजोखा भैरहेको र निकट भविष्यमा त्रिवि सेवा आयोग खुल्ने पनि जानकारी गराउनुभयो । क्याम्पसले अनुसन्धानात्मक कृति त्रिभुवन जर्नल प्रकाशन गरेकोमा जर्नलका लेखक, सम्पादन मण्डललगायत सम्बद्ध सबैलाई धन्यवाद दिनुभयो ।
क्याम्पसप्रमुख टङ्कप्रसाद भट्टराईले क्याम्पसमा अहिले २५ सयबढी विद्यार्थी रहेको, न्यून शुल्कमा पनि पठनपाठन अब्बल भई राम्रो नतिजा प्राप्तभएको बताउनुभयो । उहाँले अहिले प्राध्यापक पर्याप्त नभएको, थोरै प्राध्यापक, कर्मचारीले धेरै काम गर्नुपरेको, अर्थको अभावले कार्यक्रमहरु सञ्चालन गर्न बाधा पुगेको भन्दै विश्वविद्यालय र क्याम्पसहरु बचाउन केही अप्रिय नर्णिय गरेरै भएपनि अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जर्नल प्रकाशनमा अहोरात्र खट्ने सबैलाई धन्यबाद दिँदै सम्मानित सबैलाई बधाई दिनुभयो ।
पूर्व क्याम्पसप्रमुख चोलेश्वर शर्माले त्रिभुवन बहुमुखी क्याम्पसले अनुसन्धानमूलक कामलाई अघि बढाएकोमा प्रसन्नता व्यक्त गर्दै अनुसन्धानमूलक तीन अङ्क प्राज्ञिक प्रवाह, प्रज्ञान र अहिले त्रिभुवन जर्नल विमोचन भएकोमा धन्यवाद दिनुभयो । उहाले बाहिरबाट प्राध्यापकहरु यहाँ नआउने तर यहाँबाट सरुवा भएर बाहिर जान रुचाउने हुँदा यहाँ समस्या भएको बताउनुभयो।
अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरेले जर्नल प्रकाशन प्रक्रिया, यसमा आइपरेका समस्या र यी समस्याको सामना गर्दै समाधानको मार्गमा अघि बढेका अनुभवहरु सुनाउनुभयो ।
त्रिभुवन क्याम्पस प्रध्यापक संघ इकाईका अध्यक्ष खिमबहादुर रानाले प्राध्यापक र कर्मचारीले भोग्नुपरेका गुनासा सुनाउँदै धमिलिएको पोखरी सफागर्ने चुनौती लिएर रजिष्ट्रार आउनुभएको छ । यस काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मीले विमोचित जर्नल अब्बल रहेको धारणा राख्नुभयो । त्रिभुवन क्याम्पस पचिम नेपालको ख्यातिप्राप्त क्याम्पस भएकोले शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति पनि यसले बहस चलाउन पहल गर्नुपर्ने बताउनुभयो ।
त्रिभुवन क्याम्पस स्वतन्त्र विद्याथी युनियनका अध्यक्ष कृष्ण अर्यालले विश्वविद्यालयको धराशायी अवस्थाको असर अन्य आङ्गिक क्याम्पसहरुमा परेको, विश्वविद्यालयका प्राध्यापकहरु आफ्नो मुख्य जिम्मेवारी भन्दा प्राइभेट क्याम्पसहरुतर्फ बढी धाउने गरेको, परीक्षा, नतिजा प्रकाशन समयमा नहुँदा विद्यार्थी वर्गलाई ठूलो मर्का परेको बताउनु भयो ।
त्रिभुवन क्याम्पस कर्मचारी संघ इकाइ समितिका अध्यक्ष डुकुलराज ढकालले संघले क्याम्पसमा गरेको रचनात्मक कार्यको स्मरण गर्नुभयो ।
कार्यक्रम मा प्राध्यापकसंघका अध्यक्ष खिमबहादुर राना, कर्मचारी संघका अध्यक्ष डुकुलराज ढकाललाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम क्याम्पसप्रमुख टक भट्टराई को अध्यक्षता सहाय क क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीको स्वागत र प्राध्यापक डा. रामनाथ न्यौपानेको सञ्चालनमा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै