२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

निजामती कर्मचारी ऐन छिट्टै बन्छ : सभामुख घर्ति

Workplace

हृदय भुसाल अर्घाखाँची । संघिय सरकारले संघिय निजामती ऐन निमार्ण कार्य ढिलाई भएका कारण प्रदेश निजामती ऐन प्रभावित भएको भन्दैै अब छिट्टै ऐन निमार्ण हुने नभए पनि अध्यादेश बाट भए प्रदेश निजामति ऐन छिट्टै नै बन्ने बताए ।
सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तिले यस्तो बताएका हुन् । २ बर्ष अगाडी बनेको प्रदेश प्रहरी ऐन बने पनि कार्यान्वयन नभएको भन्दै उहाँले संघियताको मुल मर्मनै सहकार्यता,सहअस्तित्व,समन्वय भएको हुदाँ यसरी अगाडी बढ्न नसके संघियता माथी प्रश्न उठिनै रहने बताए ।
लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमका लागी सन्धिखर्कमा आएका सभामुख  तुलाराम घर्तीले संघियता अझै पनि कार्यन्वयन नभएको अनुभुती भएको भन्दै स्थानिय तह र प्रदेश सभाको अनिवार्य सहकार्य आबश्यक रहेको बताए
। सभामुख घर्तीले संघियताको मुख्य संरचना नै प्रदेश सरकार भएको भन्दै संघीयता बारे जनप्रतिनिधि र नेता नै पष्ट हनु पर्ने आबश्यक रहेको बताए ।
नेपाली समाजको बनोट,जनताले गरेको माग र आबश्यताको आधारमा संघियता आएको भन्दै प्रदेश सभाका माननिय सदस्य हरुले समेत कानुनको कुनै अध्ययन नगरी दलको आदेशमा मात्र धारणा बनाउदा कानुन निर्माण प्रक्रिया समेत प्रभावित भएको सभामुख घर्तिले बताए ।.
जति सक्यो छिटो गरि कानुनी रुपमा देखीएका समस्या सामाधान गर्ने सभामुख घर्तीले बता भयो । अन्तरकृया कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले कानुन निर्माण प्रक्रियामा बिबिधता आएको हुँदा एकरुपता कायम गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको  बताउनु भयो । ।संविधानले साझा अधिकार  दिएपनि कार्यन्वयनमा केही कानुनहरु नहुदा समस्या भएको भन्दै कानुन निर्माणमा बिलम्ब हुँदा खुल्ला रुपमा गतिका साथ काम गर्न गाह्रो भएको बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख जिबनाराण कोईरालाले कानुन कार्यन्वयनमा धेरै खालका दुबिधा भएको भन्दै कानुनी जटिलता हरु हटाई जनसरोकारका सबाललाई छिटो,छरितो र सहज तरिकाले गर्नु पर्ने बताउनु भयो ।
ऐन,कानुन,कार्यबिधि,निर्देशिका साथै सभा संचालन तथा कानुन निर्माण प्रक्रिया बारे ६ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत हरुले प्रस्तुती गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खुमलाल भुसाल,शितगगा अर्जुन शर्मा,नुमलाल खनाल,भुमिकास्थान खिमानन्द आचार्य,हरिशचन्द्र भुसाल,पाणीनि गाउँपालिका रोमनाथ न्यौपाने,मालारानी गाउँपालिका चेतनारायण कडेल,छत्रदेब गाउँ पालिका शिव बहादुर बिकले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा,प्रदेश सभा सचिवालय सचिब दुर्लभ  कुमार पुन प्रदेश सभा कार्य ब्यबस्था महाशाखाका सम्झना सुबेदीले सहजीकरण गर्नु भएको थियो । जिल्लाका ६ वटै स्थानिय तहका प्रमुख उपप्रमुख अध्यक्ष÷उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष,पत्रकार हरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा उपसभामुख मेनुका खाण क्षेत्रीले स्वागत तथा कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो ।
प्रदेश सभा सचिवालयका अशोक ढुंगानाले संचालक गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै