८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

४ वर्षमा १ हजार ६ सय ८ घर परिवार अन्यत्र गए

Workplace

झापा – झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ ।

दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाइँ सर्न थालेका हुन् । पालिकाबाट चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र गएका गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटक पटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइँ सर्न बाध्य भएको बताउनुभयो । गएको जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि उहाँको परिवार कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ ।

जङ्गली हात्तीको हुल दैनिकजसो बस्तीमा पस्न थालेपछि गाउँमै बस्न सक्ने अवस्था नै नरहेको स्थानीयवासीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै