१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

सन्धिखर्कका विभिन्न स्थानमा कण्डम बक्स राखियो

Workplace

नविन वि.क अर्घाखाँची । सन्धिखर्कको शान्तिबगैंचा र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ । आज फागुन १ गते कण्डम दिवसको अवसरमा यी दुई स्थानमा कण्डम बक्स राखिएको हो । प्रेम दिवसको पुर्व सन्ध्यामा सन्धिखर्क नगरपालिका, स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र सन्देश सहयोग समुहको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।

असुरक्षित यौन सम्पर्कबाट हुने रोकबाट बच्न तथा परिवार नियोजनका लागि कण्डमको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए । उनले कण्डमलाई परिवार नियोजनका रुपमा मात्र नलिई यौनजन्य रोगबाट बच्न समेत कण्डमको प्रयोग आवश्यक रहेको जानकारी दिए । “हामीले कण्डमलाई परिवार नियोजनका रुपमा मात्र बुझेका छौं, त्यतिमात्र नभइ असुरक्षित यौन सम्पर्कबाट हुने संक्रामक रोगबाट बच्न समेत कण्डमको प्रयोग गनुपर्छ ,” उनले भने “परिवार नियोजनको रुपमा सबैभन्दा महत्वपुर्ण, सहज रुपमा पाउने तथा जन्मान्तर कायम गर्न समेत कण्डमको प्रयोग गर्न सकिन्छ ।”

प्रत्येक वर्ष फेब्रेवरी १३ मा कण्डम दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्वभर कण्डम दिवस मनाइएको छ । विश्वमा यौन रोगहरु बढ्दो अवस्थामा छन् । प्रजनन एवं यौन सचेतनामुलक काम गर्दै आएका संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाए । नेपालमा अझैपनि कन्डमको प्रयोग गर्नेहरुको संख्या थोरै नै रहेको आकलन गर्न सकिन्छ । कन्डमको प्रयोग नगर्ने समुदायमा यौँन रोग बढ्दै गएको र यसबारे नकारात्मक धारणा हटाएर कण्डमको महत्तवबारे बुझाउने खालका कार्यक्रम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

सन्धिखर्कमा राखिएका दुईवटा कण्डम बक्सलाई नगरपालाले नियमित रुपमा अपडेट गर्ने सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले जानकारी दिए । उनले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले शान्तिबगैंचा र नगरपालिकाको कार्यालय गेटमा कण्डम बक्स राखिएको बताए । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै