२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

पितृ शोकमा परेका समन्वय प्रमुख कोईराला द्वारा धन्यवाद व्यक्त

Workplace

हृदय भुसाल अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइराला लाई पितृ शोकमा  पर्नु भएको थियो । आज १२  दिनको दिन  सामाजिक,धार्मिक मुल्य मान्यता अनुसारको पुन्ड्य कार्य गरिएको कोईरालाले बताउनु भयो । शोक घडीमा घरमै पुगि, फोन,म्यासेज,सामाजिक संजाल विभिन्न माध्यम बाट समबदेना प्रकट गर्नु हुने,विभिन्न तहका जनप्रतिनिधिहरु,राजनैतिक दलका नेता कार्यकर्ताहरु कर्मचारीहरु, शिक्षकबुद्धिजिबि,पत्रकार,पेशा ब्यबसायी,संघसस्था सामाजिक ब्यक्तित्वहरु, इष्टमित्र, नालनाता,गाउले, छरछिमेकी,साथै सागर जानुहुने  सबैमा प्रमुख जिबनारायण कोईरालाको परिवारले नै धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।  राजनीति तथा सामाजिक ब्यक्तित्व कोईरालाका पुज्यननिय पिता  मोतीलाल कोइरालाको  ८१ बर्षको उमेरमा गत माघ १४ गतेको दिन दु:खद निधन भएको थियो । लामो राजनीति इतिहास भएका कोइराला पुरै सामाजिक जिबन साथै समाजसेबामा नै बिताउनु भएको छ । कोईराला २०५४ सालमा तत्कालीन जिबिस सदस्य हुदै हाल जिल्ला समन्वय समिति  प्रमुख हुनु भएको छ । जनताको बिचमा सरल,सहज,स्वच्छ लोकप्रिय छवि बनाउनु भएका कोईराला एमाले जिल्ला कमिटीको कार्यबाहक अध्यक्ष हुदै विभिन्न संघ सस्थामा समेत कुशल जिम्मेवारी बहन गर्ने नेताको रुपमा समेत छवि बनाउनु भएको छ । कोईराला शोकमा परेको बेला  सस्थागत र ब्यक्तिगत तबरले  समबेदना दिनेहरु संख्या निकै धेरै थियो । भोलि देखी नियमित जनताको काममा फर्कने कोइरालाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै