३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

रेडक्रस सोसाईटी अर्घाखाँचीले स्वर्ण जयन्ती मनाउने

Workplace

हृदय भुसाल अर्घाखाँची । नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखाले संस्था स्थापना भएको ५० बर्षमा प्रवेश गरेको सुखद अवसरमा बिभिन्न कार्यक्रम सहित स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ ।
२०३० साल माग २९ गते दुर्गा बहादुर शाहको नेतृत्वमा तदर्थ समिती बाट अगाडी बढेको रेडक्रसले ५० बर्षगाठको अवसरमा बिबिध कार्यक्रम गरि मनाउन लागेको रेडक्रस जिल्ला शाखाले सन्धिखर्कको आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरि कार्यक्रमबारे जानकारी दिएको छ ।
बिपत्को अवस्थामा मानविय सेवा,राहत,उद्धार समुदायको बिकास लगायतका क्षेत्रमा काम गर्दे आएको परोपरोपकारी स्वयंमसेवी संस्थाको रुपमा स्थापित रेडक्रसले माघ २८,२९ र फागुन १ गते बिभिन्न कार्यक्रम गर्न लागेको रेडक्रश अर्घाखाँची शाखाको सभापति कुशल भुसालले बताउनु भयो ।
स्थापना दिवशको अवसरमा मेगा रक्तदान क्याम्प,रेडक्रसको तथ्य,तथ्याङ्ग,ईतिहास सहितको स्मारिका प्रकाशन,साधारण सभा,ब्लड क्लव गठन,प्रमाणपत्र बितरण गर्ने गरि कार्यक्रम गर्न लागिएको भन्दै यो पटक करिब २ सय जनाले रक्तदान गर्ने आकंलन गरेको सभापती भुसालले बताउनु भयो ।
सभापति भुसालले भने,‘हामी ब्लड क्लव मार्फत रगतको समस्या सामाधान गर्न चाहान्छौँ,केही समय ब्लड बैँक चलायर पनि निरन्तर रुपमा संचालन गर्न सकेनौँ,तत्कालिन बेलामा केही समस्या रहे,रगत लिदाँदिदा कुनै पैसा लाग्दैन भन्ने सन्देश पनि यो कार्यक्रम मार्फत दिन खोजका छौँ,राष्ट्रिय आपुर्ति सहज हुनेछ,भबिस्यमा ब्लडको समस्या सामाधानमा यो कार्यक्रमले सहयोग गर्नेछ,लामो समयदेखी स्वयमसेवी कार्यमै छौँ,भोलीका दिनमा पनि यस्ता कार्यहरुलाई ब्यवस्थित रुपमा अगाडी बढाउन रेडक्रस प्रतिबद्ध नै छ’।
रतmदान कार्यक्रममा लायन्स क्लव अफ अर्घाखाँचीले पनि सहकार्य गरेर जाने क्लवका अध्यक्ष प्रकाश परियारले बताउनु भयो  । अध्यक्ष परियारले भने,‘आम नागरिकलाई रक्तदान केहो? गर्दा के हुन्छ ?भनि जानकारी गराई,यो कार्यक्रम ब्यापक सहभागी गराई गर्न खोजेका छौँ,अझै पनि आम नागरिकमा रतmदान वारे केही भ्रमहरु छन्,ति भ्रमलाई हटाई सवैलाई उत्साहका साथ  यो अभियानमा जोड्न चाहान्छौँ’ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथी समेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले रक्त संगै ब्लड क्लव खोलेर अगाडी बढ्ने  निकै राम्रो र सरायनिय कार्य भएको भन्दै उक्त  कार्यक्रममा  पत्रकार महासंघ र अर्घाखाँची जिल्लाका सवै मिडिया कर्मिहरुले खुलेर सहयोग गर्ने बताउनु भयो ।
१६ देखी ६० बर्ष उमेर समुहका ४५ केजी माथी शारीरिक तौल भएका,ब्लड प्रेशर सामन्य भएका स्वस्थ्य मानिसले रतmदान गर्दा केही समय पछि नै शरिरमा हुने सामान्य प्रक्रियाबाट रगतको स्वतः परिपुर्ति हुने हुदाँ सवैले गर्दा नै राम्रो हुने अध्यक्ष अशोक खनालको जोड दिनु भयो।
रेडक्रस शाखाका मन्त्री तुल्सीराम पौडेलको स्वागत मन्तब्य,कार्यालय सचिब ठाकुर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा रेडक्रशका चन्द्र बन्जाडे ,हरि केसी,कमल घिमिरे,अम्बिका श्रेष्ठ,लायन्स क्लवका सचिव प्रदिप आचार्य,लयायत बिभिन्न मिडियाका कृयाशिल पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै