१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख कोईराला शोकमा : पत्रकार महासंघ अर्घाखाँची द्वारा समबेदना

Workplace

हृदय भुसाल अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइराला लाई पितृ शोकमा पर्नु भएको छ । राजनीति तथा सामाजिक ब्यक्तित्व कोईरालाका पुज्यननिय पिता  मोतीलाल कोइरालाको  ८१ बर्षको उमेरमा गत माघ १४ गतेको दिन दु:खद निधन भएको हो । लामो राजनीति इतिहास भएका कोइराला पुरै सामाजिक जिबन साथै समाजसेबामा नै बिताउनु भएको छ । कोईराला २०५४ सालमा तत्कालीन जिबिस सदस्य हुदै हाल जिल्ला समन्वय प्रमुख हुनु भएको छ । जनताको बिचमा सरल,सहज,स्वच्छ लोकप्रिय छवि बनाउनु भएका कोईराला एमाले जिल्ला कमिटीको कार्यबाहक अध्यक्ष हुदै विभिन्न संघ सस्थामा समेत कुशल जिम्मेवारी बहन गर्ने नेताको रुपमा समेत छवि बनाउनु भएको छ । दु:खको घडीमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले बुवा प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कोईराला निवासमै पुगि पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल पुर्ब अध्यक्ष हिम जिसि लेकाली सहितको पत्रकार महासंघ अर्घाखाँचीले समबेदना प्रकट गरेको छ । पत्रकार महासघले संचालन गरेको पर्यटन प्रबर्द्धन अभियानका निर्देशन समेत रहनु भएका समन्वय प्रमुख हाम्रो अभिभाबक नै भएको हुँदा घरमै पुगि पत्रकार महासंघले सस्थागत रुपमै समबेदना प्रकट गरेको अध्यक्ष अशोक खनालले बताउनु भयो । कोइराला शोकमा परेपोछी विभिन्न ब्यक्ति तथा संघ सस्थाहरुले ब्यापक रुपमा समबेदना प्रकट गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै