८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रमसम्पन्न

Workplace

अशोक चौहान अर्घाखाँची । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य  मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट अर्घाखाँची अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तरगर्त अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रम आज अर्घाखाँची अस्पतालकाे तालिम हलमा सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयकाे अनुगमन मुल्यांकन र समिक्षाबाट अर्घाखाँची अस्पतालले-90% अंक ल्याउन सफल भएका अस्पतालले जनाएको छ  । अर्घाखाँची अस्पतालले अझै प्राप्त अंक ल्याउन नसक्नुमा अस्पतालकाे सुबिधा सम्पन्न भवन र दरबन्दीअनुसारका डाक्टर कर्मचारीहरूकाे अभाव लगायतका विविध समस्या रहेको अनुगमन तथा मुल्यांकन समितिले जनाएको छ  ।  विविध खालका  समस्या हुदाहुदै पनि अस्पतालले धेरै अंक प्राप्त गरेकोमा उपस्थित सम्पूर्ण प्रमुख अतिथि,अतिथि लगायत सम्पूर्णले हार्दिक बधाई दिदै अझै उत्कृष्ट कार्य काे लागी शुभकामना व्यक्त  गरेका थिए । कार्यक्रम अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षतामा सन्धिखर्कका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता साथै  अर्घाखाँची अस्पताल प्रमुख डा जगन्नाथ तिवारीले अस्पतालको बारेमा रिपोर्टिङ गर्नुभएको थियाे ।  कार्यक्रममा गुल्मी अस्पतालका मेसु डा: किसाेर बन्जाडेले अस्पतालकाे राम्रो वा अझै गर्न पर्ने कामकाे मुल्यांकनकाे बारेमा प्रस्ट पार्नु भएकाे थियाे। यस्तै स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत अस्मिता नेपाल , mss अधिकृत सन्देश पाैडेल ,NSI program officer सुरज श्रेष्ठले अस्पताल बिकास समिति सदस्य मेनुका भुसाल नेपाल पत्रकार महासंघ अध्यक्ष अशोक खनाल पुर्ब अध्यक्ष हिम बहादुर लेकाली लगायले शुभकामनाका मन्तब्य राख्नु भएकाे थियाे  । कार्यक्रम अस्पताल नर्सिङ अधिकृत सुनिता अार्चायकाे स्वागत र अस्पताल ब्यबस्थापक शिव बन्जाडेकाे संचालनमा सम्पन्न भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै