२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

प्रेस चौतारी अर्घाखाँचीले मनायो स्थापना दिबश

Workplace

हृदय भुसाल अर्घाखाँची । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका  विरामीहरूलाई भेटघाट तथा स्वास्थ्य अवस्था बारे जानकारी लिई शिघ्र स्वास्थ्य लाभकाे कामना सहित फलफुल वितरण गरी मनाए छ । श्रमजिबि पत्रकारहरुको प्रेशागत हकहित, सुशासन साथै जनजिबि का विभिन्न सबालमा समेत लामो समय देखी काम गर्दै  आएको चौतारीले विभिन्न कार्यक्रम सहित आफ्नो स्थानपना दिबश मनाएको छ ।  पत्रकारीता क्षेत्रको बिकास,व्यावसायिक,मर्यादित रूपमा अगाडि  बढाउन दिबशले सफलता मिलोस भन्दै कार्यक्रममा सहभागी हरुले  सुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिती एबम नेकपा एमाले केन्द्रिय सल्लाह सदस्य नरेन्द्र कुमार क्षेत्रीले अर्घाखाँचीका पत्रकार हरु एक भैई बिकास र समृद्धिको अभियान लाग्नु पर्ने भन्दै जनताका आवाज जस्ताको तस्तै  बुलन्द गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अथिती एबम नेकपा एमाले जिल्ला कमिटी  अध्यक्ष पिताम्बर भुसालले ब्यबस्था  परिवर्तनको विभिन्न समयमा  महत्त्वपूर्ण भुमिका निर्बाह गरेको मिडियाले अब जनताको अवस्था परिबर्तन,साथै सुशासन लागी पनि उतिकै भुमिका खेल्नु पर्ने बताउनु भयो । कार्यक्रममा  सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,जिल्ला अस्पताल अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण भुसाल, प्रमुख डाक्टर जगनाथ तिवारी,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल,लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सचीव तोज बहादुर रायमाझी, नेता प्रेमनारायण गैरे,डाक्टर अशोक शाहा प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष सोभाखर पन्थी,एमाले जिल्ला कार्यालय सचीव लिल बहादुर बिक  लगायतको  आथित्यता रहेको थियो । प्रेस चौतारीका इन्चार्ज हिम जिसि लेकालीको स्वागत मनतब्य जिल्ला  अध्यक्ष बसन्त श्रेष्ठको संचालन तथा सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा करिब ४0 जना बिरामी हरुलाई फलफुल बितरण गरिएको प्रेस चौतारीका सह सचिब सिद्धार्थ केसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै