२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

सरकारमा हामी छौँ, जनता असन्तुष्ट छन् नेतृःसंंग्रौला

Workplace

हृदय भुसाल अर्घाखाँची ।हामी तिनै तहका सरकारमा छौँ,जनतामा ब्यापक निरासा र असन्तुष्टि भएकोले राजनिती प्रति दिनप्रतिदिन बृतिष्णता देखिएको नेपाली कांग्रेसका केन्दि«य सदस्य डाक्टर डिला संग्रौलाले बताईन् ।

संबिधान,लोकतन्त्र,गणतन्त्रको संरक्षण बिकास र समृद्धिका लागी गठबन्धन गरेर अगाडी वढे पनि अपेक्षित उपलब्धी हाशिल गर्न नसकेको प्रेश युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नृतृ संग्रौलाले यस्तो बताएकी हुन् ।
नेतृ संग्रौलाले भनिन,‘जनताको बिचमा जादाँ सरकार जिम्मेवार र जवाफदेही नभएको निकै ठुलो आक्रोस आएको छ,सरकार जवाफदेही,उतरदायी बन्न सकेन,संघियता निकै चुनौतीपुर्ण अवस्थामा छ,कतिपय प्रहरी ऐन,निजामती ऐन बन्न नसक्दा धेरै समस्या छन्,अधिकार र कार्यक्षेत्र बारे धेरै बिवाद छन् देशमा आर्थिक अबस्था कमजोर छ,रुस र युक्रेन युद्धका कारणले केही समस्या पनि देखिएको छ,बिकासका सुचाङ्ग पनि त्यती राम्रो छैन्,जनताका सुझाव र समस्या सामाधानका लागी हामीहरु अवको निती तथा बजेट कार्यक्रमबाट अगाडी बढ्ने सोचँका साथ अगाडी बढ्ने छौँ’।

सरकार संचालन बाट पार्टी पुर्ण रुपमा  सन्तुष्टि नभए पनि सत्ता गठबन्धन आगामी निर्वाचन सम्मै जाने र आमामी निर्वाचमा भने काँग्रेस एक्लै निर्वाचनमा जाने नेतृ संग्रौलाले बताईन् ।
समुदायमै गई जनताका कुरा सुन्ने र योजनाबद्ध रुपमा काम गर्ने उदेश्यका साथ समुदायमा कांग्रेस भन्ने अभियानका साथ आफुहरु अगाडी बढेको भन्दै । बिकास,समृद्धि र रोजगारीका लागी जनताको माग र आवश्यकताका आधारमा जनताको कुरा सुन्ने र जनताको भावना अनुसारका काम गर्नका लागी पार्टी र सरकारलाई जोड्ने गरि अगाडी बढ्न प्रतिबद्ध रहेको केन्दि«य सदस्य सग्रौलाले बताईन् ।
पत्रकार सम्मेलनमै बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सदस्य निमा गिरीले अघिल्लो सरकारले स्रोत बिना बिभिन्न कार्यक्रमहरु अगाडी बढाउदा केही समस्या भएको भन्दै खानेपानी र अन्य केही समस्याका कारण जनतालाई निकै नै शास्ती भोग्नु परेको कुरा पटक पटक जनता बिषय लियर मुख्यमन्त्री लाई बिशेष ध्यानआकर्षण गराएको बताईन् ।
कांग्रेस ससंदिय दलका सचेतक समेत रहेकी गिरीले धेरै पटक भन्दा बोल्दा पनि आफुले केही गर्न नसकेको भन्दै सचेतकबाट राजीनामा दिने सम्मको सवाल उठान गरेकोले अव सवै मिली मुख्य मन्त्रीलाई घेर्न जानु पर्ने बताईन् । दुई लाख जनतालाई रोजगारी दिने आर्थिक बिकास कार्यक्रमको कार्ययोजना भए मुख्यमन्त्री अर्कै कार्यक्रममा अल्मलिई रहने र कमचारीहरुले अख्तियारलाई देखायका कारण कामले गति लिन नसकेको स्वीकार गरिन् ।
कार्यक्रमका पाटीै केन्दि«य सदस्य,गंगा शाही,लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ,महामन्त्री बिक्रम खनाल,सहमहामन्त्री निमा गिरी,जिल्ला सभापति केशब श्रेष्ठ,सचिब कृष्ण खनाल,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल,नेपाली काग्रेस जिल्ल्ला प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल लगायतको आथित्यता रहेको पत्रकार सम्मेलन कार्यक्रम पेश युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता पुर्व अध्यक्ष बिरेन्द« केसीको स्वागत मनतब्य र सचिव बिष्णु खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै