१० फाल्गुन २०८०, बिहिबार
१० फाल्गुन २०८०, बिहिबार

पाल्पामा जहाँ मार्किङ, त्यहाँ पार्किङ अभियान सुरु

Workplace

पदम गैरे पाल्पा पाल्पा जिल्ला ट्राफिक प्रहरी कार्याल पाल्पाले “जहाँ मार्किङ, त्यहाँ पार्किङ” अभियान सुरु गरेको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।

पैदल यात्रीलाई सहज रुपमा सडक पार गर्न सक्ने बनाउन र अव्यवस्थित बजार क्षेत्रको पार्किङलाई व्यवस्थित बनाउनका लागि अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल पाल्पाका प्रमुख राजकुमार चापागाईंले जानकारी दिनुभयो ।

अभियान अन्तरगत सिद्धार्थ राजमार्गमा पर्ने बर्तुङ चोकको पोखरातर्फ जाने जाने सडक, बुटवल तर्फ जाने सडक र तानसेन तर्फ आउने सडकमा जेब्रा क्रस तयार गरिएको छ । पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्मा, तानसेन २ नं. वडाका वडाध्यक्ष महेश्वर श्रेष्ठ, यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दीपक घिमिरेलगायतको उपस्थितिमा जेब्रा क्रस तयार गर्ने काम भएको ट्राफिक प्रहरी प्रमुख चापागाईंले बताउनुभयो ।

मंगलबारदेखि सुरु भएको अभियानमा बजार क्षेत्रमा पार्किङको लागि मार्किङ गरिने छ । मार्किङ गरिएको स्थान बाहेक अन्यन्त्र सवारी साधन पार्किङ गरेको खण्डमा दरिवान हुने छ । अभियान आवश्यकता अनुसार सबै बजार क्षेत्रमा पुग्ने लक्ष्य छ । हालका लागि बर्तु«ङ चोक, तानसेन बजारका विभिन्न स्थान र मिसन अस्पताल क्षेत्रमा केन्द्रीत गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै