हृदय भुसाल अर्घाखाँची ।शितगगामा कृषि,पर्यटन तथा ब्यपार महोत्सव २०८० भन्ने मुलनाराका संचालन भएको महोत्सवको साथ एक विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका उधोग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा (रोज राणा) उद्घाटन गर्नु भएको छ । शितगगा २ सितापुरको गैरीखेतमा सुरु भएको तेस्रो शितगगा महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले बिकास र समृद्धिका लागी प्रदेश सरकारले विशेष योजनाका बढेको बताउनु भयो । मन्त्री राणाले बिदेश पलायन तथा बसाई सराईलाई रोक्नका लागी गाउँ गाउँमा उद्योग स्थानपना गर्ने योजना अगाडि बढाएको भन्दै प्रदेश सरकारले प्रदेश आर्थिक बिकासको कार्यक्रमलाई जोड दिएको बताउनु भयो ।आर्थिक बिकास,स्थानिय रोजगारका लागी देशकै ठुलो नगरपालिकाले बनाउने योजनामा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री राणाले बताउनु भयो । उद्योग कलकारखाना,खोल्ने युबा लाई गाउँ गाउँ मा रोजगारी दिने विशेष योजना तथा कार्यक्रम बनाई मन्त्रालयमा आउन समेत मन्त्री राणाले सरोकारवाला लाई आग्रह गर्नु भयो । शिक्षालाई प्राबिधिक, बैज्ञानिक,आधुनिक तबरले अगाडि बढाउनु पर्ने भन्दै केहि बिधालय र विद्यार्थी हरु विशेष सहयोग गर्ने प्रदेश सरकार कार्यक्रम रहेको भन्दै अर्घाखाँची जिल्लाको बिकासमा आफ्नो सधै साथ सहयोग रहने भन्दै जिल्लाको बिकासका ठोस योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । सिमित स्रोत र साधनका बीच बिकास निर्माणलाई अगाडी बढाएको भन्दै स्थानिय उत्पादन र पर्यटकिय स्थानहरुलाई महोत्सव मार्फत प्रबर्द्धन गर्नु पर्ने नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो । नगर र जिल्ला भित्र रहेका पर्यटकिय गन्तव्य, मौलिक,कला,सस्कृतीलाई प्रचार प्रचारको माध्यम बाट विश्व बजारमा समेत लैजानु पर्ने नगर उपप्रमुख गिता भाटले बताउनु भयो । निजि क्षेत्र, र सरकारको विशेष योजनामा आर्थिक बिकास र रोजगारीका कार्यक्रम अगाडी बढाउनु पर्ने उधोग बाणीज्य संघका केन्द्रिय सदस्य जमशेर मियाले बताउनु भयो । कार्यक्रममा सितगगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, नेपाली काग्रेसका जिल्ला सचीव कृष्ण खनाल,नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान,पत्रकार महासंघ अर्घाखाँचीका सहसचिब तथा अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमका प्रभक्ता हृदय भुसाल, नगरपालिकाका सबै वाडहरुको तर्फबाट सितगगा २ का वाड अध्यक्ष राम बहादुर गोर्खाले महोत्सव सफलताको सुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता,उपाध्यक्ष अर्जुन बुढाको संचालन साथै ऋषि घिमिरेको संचालनमा सम्पन्न भएको थियो । आगामी माग २३ गते सम्म संचालन हुने महोत्सव स्थानिय उत्पादनको प्रबर्द्धन तथा प्रचार प्रचार गर्ने सफल हुने अध्यक्ष चिन्तराज अधिकारीले बताउनु भयो । महोत्सवमा आज विभिन्न स्थानिय पहिचान बोकेका कला सस्कृतीहरुको प्रस्तुत साथै स्थानिय कलाकार हरुको प्रस्तुति समेत रहेको थियो । दैनिक जस्तो विभिन्न कलाकार हरुको आकर्षक प्रस्तुति रहने आयोजकले बताएको छ । कार्यक्रममा जनप्रतिनिधि,राजनैतिक दल, कर्मचारी, पत्रकार विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको आथित्यता रहेको थियो ।
तेस्रो शितगङ्गा महोत्सवको प्रदेश मन्त्री रोजराणा द्वारा उद्घाटन
तपाईको प्रतिक्रिया