२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

भुमिकास्थान नगरपालिकाको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Workplace

हृदय भुसाल अर्घाखाँची ।भुमिकास्थान नगरपालिकाको आयोजनामा नगरस्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट भुमिकास्थान-८  रातापोखरामा सुरु भएको छ । रनिङशिल्ड प्रतियोगिताको एक कार्यक्रमका बिच नगरप्रमुख झबिलाल थापाले उदघाट्न गर्नु भएको थियो । कार्यक्रमको उदघाट्न गर्दै नगरप्रमुख थापाले रास्ट्का लागी, स्वास्थ्यका लागी,एकताका लागी र पहिचानका लागी खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । प्रमुख थापाले प्रतियोगितालाई मर्यादित,स्वच्छ,र ब्यबस्थित बनाउने गरि विशेष योजनाका साथ नगर अगाडि बढेको भन्दै अब सबै पक्ष बिकास र समृद्धिका लागी एक भयर अगाडी बढ्नु पर्ने बताउनु भयो । नगरप्रमुख थापाले अब बिद्यार्थीले खेलकुद सगै अन्य बिधामा चौतर्फी रुपमा ध्यान दिनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुदा हुँदै पनि बढ्दो बसाई सराई र बिदेश पलायनको ठुलो समस्या देखिएको भन्दै राज्यको कम ध्यान पुगेको हुँदा राजनीति दल,जनप्रतिनिधि सबै सरोकारवाला हरुले गहिरो छ्लफल,मनन गरि,गहिरो तबरले अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा पुर्ब नगरप्रमुख रेशम थापाले बिकास,समृद्धि र सुशासनको सबालमा आफ्नो सधैं साथ रहने बताउनु भयो । उदघाट्न कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रेम आले लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, जिल्ला समन्वय समिति सदस्य झुपलाल खनाल, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडा अध्यक्ष, शिक्षक संघसंगठनका प्रमुख तथा प्रतिनिधि, शिक्षक,कर्मचारी बिधालय ब्यबस्थापन समिती,खेलप्रेमी,पत्रकार हरुको रहेको आथित्यता रहेको थियो । पालिका भित्रका १३ वटा बिधालयको सहभागीता रहने प्रतियोगितामा खेलका विभिन्न बिधाहरुमा ३ दिन सम्म खेलाईने भएको छ । उक्त खेलकुद प्रतियोगितामा रेफ्री,एम्पायर हरुलाई प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यबाट सफथ ग्रहण गराई कार्यक्रम अगाडि बढेको आयोजकले जनाएको छ l कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता,शिक्षा तथा खेलकुद शाखा प्रमुख तुबलाल सपकोटाको स्वागत र शेसकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै