तीन पालिकाका विद्यालय एक हप्ता बन्द

महाेत्तरी – चिसो बढेपछि महाेत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले हिजाेदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालय बन्द गरेका हुन् ।

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताउनुभयो ।

रामगोपाल नगरपालिकाका मेयर रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताउनुभयो । गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक हप्ताको जाडो बिदा दिइएको गौशाला  नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतवारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img