पदम गैरे पाल्पा।जिल्ला प्रहरी कार्यालय, पाल्पा परिसरमा नवनिर्मित भवनहरूकाे उद्घाटन समाराेह सम्पन्न भएकाे छ ।प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले भवनहरूकाे उद्घाटन गर्दै पाल्पा जिल्लाकाे समग्र विकास, सुशासन, शान्ति सुव्यवस्था, सुरक्षा लगायतका न्यायिक गतिविधिहरूलाइ चुस्त दुरूस्त राख्न जिल्ला प्रहरी कार्यालय पाल्पा अहाेरात्र क्रियाशील रहेकाे र अागामी दिनहरूमा पनि यसरी नै स्थानीय तहदेखि अामनागरिकमा प्रहरी साथी बनेर लाग्नु पर्ने बताउनु भयाे । नवनिर्मित भवनहरूमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक भवन, हिरासत कक्ष, भान्छाघर र स्नान गृह रहेका छन् । जसकाे कुल लागत रकम ६ कराेड, ९५ लाख, ५५ हजार, ४ सय ३९ रूपैयां रहेकाे प्रहरी नायव उपरिक्षक इन्जिनियर राेशन सारुले बताउनु भयाे । भवन निर्माणकाे ठेक्का शुभ कनस्ट्रक्शन प्रा.लि. नयां बजार, काठमाडौ र प्राकृतिक निर्माण सेवा प्रा.लि. रूपन्देही भैरहवाले लिएकाे थियाे ।
समाराेहमा प्रमुख जिल्ला अधिकारी अानन्द काफ्ले, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्त शाक्य, निर्माण कम्पनीहरु लगायतलाइ कदर पत्र र मायाकाे चिनाेले सम्मान गरियाे ।समाराेहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अानन्द काफ्ले, लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जाेशी, जिल्ला प्रहरी प्रमुख हेरम्ब शर्मा, राजनीतिक दलकाे तर्फबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति झपेन्द्र गैरे, स्थानीय निकायकाे तर्फबाट रामपुर नगर प्रमुख रमणबहादुर थापा लगायतले अा अाफ्ना भनाइ राख्नु भयाे ।