२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

धन्चौरको लक्ष्मीडाडामा तम्बुहरुले भब्य रुपमा मनाए:ल्होसार

Workplace

 हृदय भुसाल अर्घाखाँची। गुरुङ जातीको महान चाड ल्होसार पर्वको  अबसरमा भुमिकास्थान नगरपालिका वाड १0 धन्चौरको लक्ष्मीडाडामा बिबिधका कला,सस्कृती विभिन्न प्रकारका गुरुङ खानाहरु सहित  पर्व भब्य रुपमा  उक्त मनाईको छ । तम्बुहरुको पहिचाहन बोकेका बिबिध मौलिक  संस्कृति,भब्य रुपमा आयोजना गरिएको  कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती एबम भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबीलाल थापाले अब धर्म संस्कृतिलाई पर्यटन संग जोडी आर्थिक बिकासमा ध्यान पुराउनु पर्ने भन्दै धन्चौरमा  पर्यटन बिकासको प्रयाप्त संभावना रहेको बताउनु भयो । प्रमुख थापाले नगरले आर्थिक बिकास र स्थाननिय उत्पादनलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अगाडी बढाएको  भन्दै उक्त कार्यक्रम प्रभाबकारी हुने समेत बताउनु भयो । कार्यक्रमका विशेष अथिती एबम वाड न १0का वडा अध्यक्ष खगेस्वर पन्थीले,तमुहरुको कला,संस्कृती,परम्परा मौलिक पनलाई जगेर्ना गर्दै पर्यटन संग जोडेर महत्त्वका साथ अगाडी बढाउने भन्दै वाड कार्यालय बाट सबै सालको मौलिक संस्कृतीलाई  साथ सहयोग हुने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला सह सचिब हृदय भुसाल, पत्रकार महासंघका जिल्ला सदस्य गोपाल भट्टराई, सरास्वती आधारभुत बिधालयका शिक्षक दुर्गा प्रसाद भट्टराई, सहयोगदाता हरुको तर्फबाट समिता गुरुङ समाजसेबि सुधीर नेपाली,कमल उचाई ,अर्जुन बुढामगर,धन्चौर स्वास्थ्य चौकी अहेब  तिलक भट्टराई,लक्ष्मी आधारभुत बिधालयका प्रधानध्यापक चोपलाल  सुभकामना मनतब्य राख्नु भएको थियो  । कार्यक्रममा समाजसेबि बिष्णु चुदाली,प्रेमलाल भट्टराई,गिता भुसाल,तेजुलाल भट्टराई, बिष्णु भट्टराई  लगायतका अथिती हरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम तमु समाजका अध्यक्ष जित बहादुर गुरुङको अध्यक्षता, ज्ञानकला गुरुङको स्वागत मनतब्य र भोजन गुरुङको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा गुम्बा निर्माणमा सहयोग विभिन्न हिसाबले सहयोग गर्ने दाताहरुलाई खादा र सम्मान पत्रले सम्मान  गरिएको थियो । प्रचलित ऐतिहासिक महत्त्वपूर्ण बोकेको घाटु  नाच सहित विभिन्न मौलिकता झल्कने कला संस्कृती हरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शान्तिका अग्रदुत गौतम  बौद्धको  मुर्ति  समाजसेवि समिता गुरुङ द्वारा गुम्बा समितिलाई हस्तान्तरण गरिएको थियो । बिगत २०७० साल देखि नै भब्य रुपमा उक्त बर्बलाई मनाउदै आएको भोजन गुरुङले बताउनु भयो । यो पर्व बिगतमा जस्तै यस बर्श पनि मनाउन पाउँद निकै खुसी लागेको भिम गुरुङले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै