२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

१० करोड लगानीमा खर्ज्याङ्गमै खूल्यो:बिशेषज्ञ सेवा सहितको हस्पिटल

Workplace

हृदय भुसाल  गुल्मी ।   पछिल्लो समय मानिसहरु स्वास्थ्य,शिक्षा र रोजगारीका लागी गाउँ छोडेर हिड्दै गर्दा धेरै घर खाली र गाउँ नै सुनसान बन्न थलेको छ,अहिले मानिसहरु पैसा भन्दा पनि गुणस्तरिय सेवा छिटो,छरितो सहज, रुपमा लिन चाहान्छन् । मानिसहरु बिशेषज्ञ र भरपर्दो,बिश्वास योग्य सेवा चाहन्छन्, गाउँमा यस्तो बिषय कमै सम्भावना हुने कुरा हो ।
गाउँमा  ठुलो लगानी गर्ने त्यस्तो बिगत देखी नै अभ्यास छैन्,। लगानीको बातवरण पनि गाउँमा कमै हुन्छ, । सवै ठुला ठुला संघ संस्थाहरु शहर केन्द्रित खुल्ने र संचालन हुने गरेका छन्,देशनै आर्थिक समस्या ग्रस्थ भएको अबस्थामा पनि  मानिसको धन नै स्वाथ्य हो,यस मान्यता राखी सेवामुखी भावना बोँकी धरै स्थानिय जनताकै लागानीमा करिब १० करोडको गुल्मी जिल्लाको छत्रकोट गाँउपालिका वाड ५  खर्ज्याङ्ग१५ सैयाँको पब्लिक लुम्बिनी युनाईटड हस्पिटल संचालन भएको छ ।
गुल्मी अर्घाखाँची र पाल्पाको ऐक्यवद्धता गुणस्तरिय स्वाथ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुख्य नाराका साथ बिशेषज्ञ सेवा सहितको नयाँ हस्पिटल तिन जिल्लालाई आधार बनाई  खर्ज्याङ्ग खुलेको सोमवार खर्ज्याङ्गमा  पत्रकार सम्मेलन गरि हस्पिटल जानकारी दिएको छ ।
खर्ज्याङ्ग नगरीमा पब्लिक हेल्थ लिमिटेड गुल्मी र लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाको संयुक्त लगानीमा  पब्लिक लुम्बिनी युनाईटड हस्पिटल प्रा.ली को रुपमा स्थापना गरिएको हस्पिटल बिगत ७ बर्षको प्रयास पछि संचालनमा आएको संचालक समितीका अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिएका छन् ।
अध्यक्ष पोख्रेलले भने,‘जनतालाई घरदैलो सम्म बिशेषज्ञ सेवा दिने उदेश्यका साथ निकै चुनौतीपुर्ण काम गर्दै छौँ,जनताकै बिश्वास जितेर नै अगाडी बढ्ने छौँ,गुल्मी,अर्घाखाँची र पाल्पा ३ जिल्लालाई केन्द्र बिन्दु बनाई  ३९७ जना को शेयर लगानीमा हस्पिटल संचालनमा ल्याएका छौँ’।
लुम्बिनी मेडिकल कलेजको समेत संयुक्त लगानीमा यो हस्पिटल संचालन गरेको लुम्बिनी मेडिकल कलेजका संचालक राम प्रसाद प्रोख्रेलले बताए । संचालक प्रोख्रेलले भने,‘हामीहरुलाई सुरुमा प्रवासमा हस्पिटल खोल्दा पनि धेरै कुराहरु आएका थिए,निकै चुनौतीका साथ त्यहाँ,हामी सफल भएका थियौँ,हामी यहाँ पनि सफल नै हुन्छौं,गुणस्तरियताको सुनिश्चिता,साप्ताहिक बिभिन्न बिशेषज्ञता सेवा दिन्छौ,जनतालाई सरल,सहज र सुलभ स्वाथ्य सेवामा हामी प्रतिबद्ध छौ’।
सेवामुखी उदेश्यका साथ जनतालाई ग्रामिण तह सम्म बिशेषज्ञ सेवा सहितको स्वाथ्य सेवा दिने उदेश्यका साथ हस्पिटल संचालनमा ल्याएको  खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडका अध्यक्ष तथा लुम्बिनी युनाईटेड हस्पिटलका संचालक राम प्रसाद पाण्डेले बताए । पाण्डेले भने,‘यतिबेला प्रतिकुल  समयका बिचमा पनि हामी अगाडी बढेका छौँ,आशा छ,सवैको साथ हुनेछ,यसलाई हामीहरुले थप सेवा बिस्तार गर्दे कलेजकै रुपमा अगाडी बढाउने खौँचका साथ अगाडी बढेका छौँ,स्वाथ्य सेवामा धेरै प्रश्नहरु उठेका छन् तरपनि हामीहरुले सेवाग्राहीलाई कुनै पनि प्रश्न नउठ्ने गरि प्रभाबकारी हस्पीटल चलाउने छौँ ।
अस्पतालबाट प्रत्यक्ष रुपमा गुल्मीको छत्रकोट,गुल्मी दरवार,रुरुक्षेत्र गाउँपालिका अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका र पाल्लाको छहरा गाउँपालिका गरि ६ वटा गाउँपालिका करिब १ लाख भन्दा वढी नागरिक रुपमा लाभान्वित हुने कार्यकारी निर्देशक  नारायण प्रसाद अर्यालले बताए ।
निर्देशक,अर्यालले भने,‘करिब सात बर्षको अनेक आरोह अवरोह बाट संचालनको अबस्थामा पुग्यो,सवैको साथ हुनेछ,आशावादी छौँ,प्रभाकारी सेवाका लागी हामी २४ घण्टा लाग्ने छौ’।
हस्पिटलमा डाक्टर यम बस्नेत डाक्टर आरती गुरुङ्ग लगायतको टिमले बिशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने संचालकले बताएको छ ।
गाउँ गाउँमा स्थानिय सरकार आउदा पनि प्रभावकारी स्वास्थ्य सेवा गाउँमा आएको थिएन अब पाउने आशा रहेको स्थानिय वासी नारायण पाण्डेले बताए । स्थानियबासी पाण्डेले भने,‘हामी आम जनताले बिशेषज्ञ स्वास्थय सेवा,नजिक छिटो छरितो पाउन सकेका थिएनौँ,अब पक्का पाउने छौ,निकै आशावादी छौँ,यहाँका जनता पनि सवै खुसी नै छौ,लामो समयको प्रतिक्षा पछि गाउँमै धेरै बिषयका डाक्टर सहितको सेवा लिन लागेका छौँ’।
आगामी १४ गते उ्दघाटन गरी संचालन हुन लागेको हस्पिटलका बिबिध पक्षबारे हस्पिटलमै नेपाल पत्रकार मंहासघ अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल,गुल्मी जिल्लाका अध्यक्ष टोपलाल अर्याल सहितका पत्रकारहरुको उपस्थिीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै