३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

मिलनसार कृषि उपज थोकबजार संकलन केन्द्र सञ्चालन

Workplace

पदम गैरे तानसेन पाल्पा तानसेन नगरपालिका वडा नम्बर ३ होलाङ्दीमा मिलनसार कृषि उपज थोकबजार संकलन केन्द्र सञ्चालन भएपछि कृषकहरू आफूले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउने आशामा छन् ।              सङ्कलन केन्द्रमा अत्याधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट तरकारी तथा फलफुलको विषादी मुक्त सरसफाई , प्रशोधन , प्याकेजिङ र ग्रेडिङ गर्नुका साथै ६ टनसम्म राख्न सक्ने कोल्ड स्टोर अर्थात् चिस्यान केन्द्र रहेको छ ।
सङ्कलन केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले समग्र पाल्पाली कृषक र उपभोक्ताहरू कृषि उपज किनबेच तथा बजारीकरणमा प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारीले तानसेन होलाङ्दीमा सञ्चालित मिलनसार कृषि उपज थोक बजार सङ्कलन केन्द्र २ करोड ३२ लाख ७४ हजार १६३ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको बताउनुभयो।
त्यसमध्ये तानसेन नगरपालिकाबाट ४१ लाख २३ हजार ६८० रुपैयाँ ,
हेफर इन्टरनेसनल र रेडाको ८५ लाख रुपैयाँ ,
लुम्बिनी प्रदेश भूमि व्यवस्था सहकारी मन्त्रालयबाट आठ लाख १३ हजार रुपैयाँ , कृषि ब्यबसाय केन्द्र बाँकेबाट ४६ लाख ३६ हजार रुपैयाँ र मिलनसार सहकारीबाट ५२ लाख रुपैयाँ रहेको बताउनुभयो ।

सहकारीको मूल भवन तानसेन १३ मा रहेपनि बजार व्यवस्थापनको लागि तानसेनमा केन्द्र निर्माण गरिएको र २५ वटा वडा समूह आबद्ध रहेको मिलनसार सहकारीको माध्यमबाट ६३० सेयर सदस्य क्रियाशील रहेको बताउनुभयो।

सहकारीमा कृषि ,पशुपालन ,दुध उत्पादन ,जस्ता क्षेत्रहरुबाट सहकारीको कुलपुजी ७ करोड ६ लाख ५ हजार ८०० रुपैयाँ रहेको बताउनुभयो।

कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तीर्थराज रेग्मीले कृषि उपज सङ्कलन केन्द्रमा रहेका अत्याधुनिक प्रविधियुक्त मेसिनबाट कृषि उपज प्याकेजिङ ग्रेडिङ र विषादी रहित उपभोग हुने हुँदा उपभोक्ताहरू स्वस्थ्य रहने भएकोले तानसेन नगरपालिकाले यस केन्द्रलाई गौरवको आयोजनाका रुपमा लिनुपर्ने बताउनुभयो ।
ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले कृषकहरूलाई प्रविधिमैत्री सीप हस्तान्तरणको माध्यमबाट जीवनस्तर सुधार्न , आत्मनिर्भर बनाउन परियोजनाले ग्रामीण भेगमा कृषि , पशुपालन , युवा स्वरोजगार कार्यक्रम , अनुदान सञ्चालन गरेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै