८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

३४ हजार अनलाइन खाता बन्द : ६ हजारभन्दा धेरै व्यक्ति कारबाहीमा

Workplace

चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै व्यक्तिलाई अफवाह कसुरमा कारबाही गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा निगरानी र नियन्त्रणमा राख्दै आएको छ । सामाजिक स्थायित्व र रक्षाका लागि सामाजिक सञ्जालमा पनि सेन्सरशिप छ ।

महामारी, सुरक्षा तथा प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने, अवैध र आपराधिक गतिविधिमाथि कडा निगरानी र कारबाही गरिएको एएफपीले जनाएको छ ।

आउँदो वर्ष २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्य वर्षको रूपमा अभियान चलाउने र कारबाही प्रक्रियालाई थप बढाउने चिनियाँ प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै