मान्डब्य क्याम्पस तानसेन नगरपालिका ९ दमकडा पाल्पाको३२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद तथा पाल्पा क्षेत्र नं. २का प्रतिनिधी सभा सदस्य ठाकुर गैरेले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि गर्न ICT तथा Global Villageको अवधारणालाई आत्मसात गर्दै व्यवहारिक शिक्षामा बिशेष ध्यान पुर्याउनु पर्ने सुझाव दिनुभयो।आधुनिक समयको आवश्यकतालाई ध्यानमा राखेर शिक्षामा सुधार ल्याउन प्रतिनिधि सभामा पनिआवाज उठाउंदै आएको जानकारी गराउनुभयो ।
बार्षिकोत्सव समारोहको अवसरमा राष्टि्य सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे,पाल्पा क्षेत्र नं. २काप्रदेश सभा सदस्यवीर बहादुर राना, राष्टि्य भूमी आयोग पाल्पाका अध्यक्ष मोहन गैरे, लगायतकाले क्याम्पसलाई शुभकामना दिनुभएको थियो ।
शुभकामना कार्यक्रमको विचविचमा बिध्दार्थीहरूबाट प्रस्तुत आकर्षक सांस्कृतिक नृत्यका झलकहरूले उपस्थित दर्शकहरूलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए ।
क्याम्पसका विभिन्न अतिरिक्तक्रियाकलापहरूमा उत्कृष्टता हासिल गर्ने विध्दार्थीहरूलाईपुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा राम प्रसाद भट्टराईद्वारा यस क्याम्पसमा रू ५००५ को अक्षयकोष समेत स्थापना गर्नुभएको थियो ।
कार्यक्रमको ऊद्घोषण प्राध्यापक प्रेमराज खरालले गर्नुभएको थियो भने समारोह क्याम्पस का अध्यक्ष पूर्व मंत्री सोम प्रसाद पान्डेले गर्नुभएको थियो ।
मान्डब्य क्याम्पस पाल्पाको ३२ औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया