#निम्बतरु भर्खर जफत भएको छ जीवन नै
शासक मनोवृत्तिबाट
अवैध सुर्ति,गुटखा र चुरोट तस्करीजस्तै
भन्सारछलीमा बरामद माछाहरु,चल्लाहरु र अण्डाहरु
खाडल खनेर नष्ट गरेजस्तै
अवैध रक्सी बरामद पछि
खाडल खनेर नष्ट गरेजस्तै
मलाई जफत गरेपछि
नष्ट गर्न ठीक्क पारिदैछ
म बरामद सुन जवराहत नभएकोले /
म जफत सुन भएको भए
राज्यकोषमा जम्मा हुन्थें
गरिबहरुलाई रोटी बनाएर खुवाउँथ्यो राज्यले ।
या त अवैध मुद्रा निर्मलीकरणमा
म सेतो बनिन्थें
भएँ
अवैध
अवैधानिक जात,धर्म र भूपरिवेष्ठित
या
हतोभागी वा जानाजान डुबाइएको जहाज ।
मूल्यहीन हुनु पनि बेहिसाब दर्द रहेछ
बहुमूल्य भएको भए त
कम्तिमा इज्जत गर्दथे
काठ हुनु रक्तचन्दनको काठजस्तो
कम्तिमा सलामी दिन्थें
पत्थर हुनु सुनको पत्थर हुनु
तस्करीमा पनि सम्मान होस् ।
साला ! खोटा सिक्का