२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

आगामी मङ्सिर ३० गते कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलन हुने

Workplace

पदम गैरे तानसेन पाल्पा – नेपाली काङ्ग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको काङ्ग्रेस पाल्पाले जनाएको छ ।
काङ्ग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर प्रथम सम्मेलनको सबै तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पार्टीको विधान अनुसार पहिलो पटक सम्मेलन हुन लागेको जानकारी दिनुभयो । जिल्लासम्मेलन अघि वडा, पालिका, क्षेत्रकाे सम्मेलन भएकाे कांग्रेसले जनाएकाे छ ।

तानसेनमा हुने सम्मेलनमा जिल्लाभरिबाट एक हजार बढी नेता कार्यकर्ता सहभागी हुने उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन महामन्त्री गगनकुमार थापाले गर्नुहुने जिल्ला सचिव सन्तोषकुमार थापाले जानकारी दिनुभयो । सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, डा. चन्द्र भण्डारीलागतयका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
सम्मेलनबाट राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिने सभापति श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जिल्लाको विकास निर्माणका सन्दर्भमा समेत छलफल हुने र त्यसले एउटा प्रारुप तयार गर्ने जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीभित्र महाधिवेशन तथा निर्वाचनका बेला बनेको गुट उपगुटको अन्त्य गर्न पनि सम्मेलन फलदायी बन्ने सभापति श्रेष्ठको भनाई छ । सम्मेलनको अवसरमा जिल्ला पार्टीका पूर्व सभापतिहरू, विगतमा जेल जीवन बिताएका नेता तथा कार्यकर्ताहरू, जिल्लाबाट पार्टीको केन्द्रमा पुगेका पूर्व पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सन्तोषकुमार थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै