२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीद्वारा बिज्ञप्ती जारी :संविधानको मर्म अनुरुप संघियताको पूर्ण कार्यान्वयन भएन

Workplace

गोपाल भट्टराई अर्घाखाँची ।प्रशासनिक क्षेत्रमा संघियताको पूर्ण कार्यान्वयन नभएको भन्दै नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले संविधानको मर्म अनुरुप संघियताको पूर्ण कार्यान्वयन गर्न माग गरेको छ । संविधान जारी भएको ८ बर्ष पुगिसक्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुनु, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा ऐन ल्याएपनि राजपत्रमा प्रकाशन नगर्नु र स्थानीय सेवा ऐन जारी नगर्नुले संविधानलाई नै गिज्याएको भन्दै नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले तिनवटै सरकारलाई निजामती सेवा ऐन जारी गरि कार्यान्वयन गर्न माग गरेको हो । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश प्रसाद भण्डारी र सचिव पशुपती खनाल ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारसंग यस्तो माग गर्नुभएको हो । मुलुकमा उपलब्ध व्यवस्था परिवर्तनमा निजामति क्षेत्रको योगदान अतुलनिय भएपनि सरकारले ऐन जारी र कार्यान्वयन नगर्दा कर्मचारीको अवमुल्यन भएको संगठनको आरोप छ । राजनैतिक रुपमा स्थापित संघीयतालाई प्रशासनिक रुपमा लागुगर्न नसक्नु बिडम्बना भएको भन्दै विज्ञप्तीमा भनिएको छ । संघिय,प्रदेश र स्थानिय ऐन तत्काल जारी गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै