३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

सुर्तीजन्य प्रदार्थको बिक्रि वितरण रोक्न काठमाडौमा आजदेखी प्रहरी परिचालित हुने

Workplace

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।

काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रणको काम सुरु गरिएको दाबी महानगरको छ।

महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ।

महानगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए १ सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ। पसलहरूमा चुरोट पनि खुद्रा रूपमा बिक्री पर्न पाइने छैन।

कार्यक्रममा आगामी शुक्रबार काठमाडौं महानगरपालिकाले २९ औँ महानगर दिवस मनाउनेसमेत जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै