काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।
उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।
आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ । यसैबीच, बाक्लो हुस्सु कुहिरोका कारण पूर्वी तराईको जनजीवन प्रभावित हुन थालेको छ । केही दिनयता विराटनगर, जनकपुरलगायत क्षेत्रमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हुस्सु कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले त्यस क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् लामिछानेले बताउनुभयो । मंसिर महिनाको अन्तिमतिर आएसँगै देशभर चिसो बढेको छ ।
यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो । हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । यसपालि योभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा डिसेम्बर १ तारिखदेखि फेब्रुअरी २८ तारिखसम्मको तीन महिनाको अवधिलाई हिउँदयाम