विक्रम आचार्य शितगंगाअर्घाखाँची l जिल्लाको शितगंगा नगरपालिकाको महिला वालवालिका जेष्ठ नागरिक शाखाको आयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तरगत एक दिने अन्तरकृया कार्यक्रम शितगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यलय को सामुदायिक भवन देउरालीमा सम्पन्न भएको छ ।
महिला हिंसा अन्त्यको सुनिश्चितता महिला र वालवालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नारा सहित विभिन्न क्षेत्रका महिला अगुवा , महिला स्वास्थ्य स्वयमसेवीका , महिला सहकारीका प्रतिनिधी , वाल विकाश सहजकर्ता, जनप्रतिनिधी , सुरक्षाकर्मि , राजनितिक दल तथा पत्रकारको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माको विषेश आतिथ्यता वडा नं. ५ का वडा अध्यक्ष चन्द्र मणि वेल्वासे वडा नं ६ का वडा अध्यक्ष ऋषि रेश्मी वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरे इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख ऋषिराम घर्तिमगर र कार्यपालिका सदस्य तथा वडा सदस्य हरुको आथिथ्यता रहेको थियो ।
प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा र इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज ऋषिराम घर्तिमगर प्रसिक्षकको भुमिकामा रहनु भएको थियो ।
प्रतिक्षणात्मक मन्तव्य राख्दै प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले लैङ्गिक हिंसा सम्बन्धी लैङ्गिक अवधारणाको विषयमा विभिन्न शिर्षकमा रहेर प्रष्ट पार्दै शितगंगाको कार्यन्ययन र कार्ययोजना को विषयमा पनि प्रष्ट पार्नुभयो ।
साथै इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख ऋषिराम घर्ति मगरले लैङ्गिक हिंसा विरुद्धका कानुनी व्यावस्थाको वारेमा विभिन्न बुदामा रहेर सविस्तार जानाकारी गराउनु भयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेवीकावाट लक्ष्मी पौडेल वालविकाश सहजकर्ता वाट गिता पौडेल शहकारीको प्रतिनिधित्व गर्दै उमा भाट राजनितिक दलबाट राधा आचार्य कार्यपालिका सदस्य गंगा थापा वडा नं. ५ का वडा अध्यक्ष चन्द्रमणि वेल्वासेले मन्तव्य राख्नु भयको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता कार्यक्रम टोल वस्तीमा पुर्यायमा सचेतना फैलाउन सुझाव दिएका थिए ।
कायक्रमको समापन गर्दै नगर प्रमुख छविलाल पौडेलले यो शन्देस नगरको दुर दराज सम्म पुर्याउन नगरपालिकाले जोड दिने र सून्यमा पुर्याउने यो कार्यक्रमले लैङ्गिक हिंसा सुन्यमा पुर्याउन कोसेढुङ्गा सावित हुने बताउनु भयो ।
कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमा पाण्डेको संचालनमा सम्पन्न भयो ।