हृदय भुसाल अर्घाखाँची । फुलबारी साना किसान कृषि सहकारी संस्था लिमिटेड मालारानी ६ रतनमारेको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उदघाट्न गर्दै कार्यक्रम का प्रमुख अथिती एबम मालारानी गाउँ पालिका अध्यक्ष दल बहादुर भट्टराईले सहकारी नै समृद्धि प्रमुख आधार भएको बताउनु भयो ।अध्यक्ष भट्टराईले मालारानी गाउँ पालिकाले पालिकाको मुख्य नारामै सहकारी उल्लेख गरि सहकारीको सहकार्य बाट उत्पादन,स्वरोजगार,बिकास र आत्मनिर्भर बन्न सकिने सोचका साथ अगाडी बढेको बताउनु भयो । अब सहकारी सस्था हरु ब्यबस्थित तबरले अगाडि बढ्नु पर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले मालारानी गाउँपालिकाले प्राथमिकता साथ विभिन्न कार्यक्रम अगाडी बढाएको बताउनु भयो । साधारण सभामा मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल , मालारानी गाउँपालिका पुर्व अध्यक्ष बालकृष्ण आर्चाय,मालारानी गाउँपालिकाका वडा नं. ६,७,८,९ अध्यक्ष तथा का.व. अध्यक्षहरु लगायतले मनतब्य राख्नु भएको थियो । साधारण सभामा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि ,सघ सस्था,पदाधिकारीहरूकाे आथित्यता रहेको साधारण सभामा प्रगति प्रतिबेदन अध्यक्ष निर्मला मिश्र,लेखा प्रतिबेदन कौशिला थापा द्वारा प्रस्तुत गरिएको थियो । साधारण सभा सहकारी अध्यक्ष निर्मला मिश्रको अध्यक्षता प्रतिभा भलामीको सचालनमा सम्पन्न भएको थियो ।
समृद्धिको मुल आधार सहकारी : अध्यक्ष भट्टराई
तपाईको प्रतिक्रिया