२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

सहकारीले उत्पादनमा ध्यानदिनुपर्छ: नगर प्रमुख थापा

Workplace

हृदय भुसाल अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड धारापानीको छैठौं बार्शिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाको उदघाट्न गर्दै  भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले सहकारिले पैसाको लेनदेनमा मात्र  सिमित नभई कृषि उत्पादनमा बढी ध्यान दिन आग्रह गर्नु भएको थियो । नगर प्रमुख थापाले सहकारीलाई उत्पादन र स्वरोजगार संग जोड्न आबश्यक रहेको भन्दै सहकारी अर्थत्रन्त्रको महत्त्वपूर्ण मेरुदण्ड भएको बताउनु । सहकार्य,सामुहिकता बाट संचालन गरिने सहकारीका मुल्य मान्यता र सिद्धान्त बाट प्रेरित भैई आर्थिक तथा सामाजिक बिकासमा  अगाडि बढ्नु पर्ने नगर प्रमुख थापाले बताउनु भयो ।                                         साधारण सभामा भुमिकास्थान नगरपालिका नगर प्रबक्ता तथा वडा नम्बर ४ का वाड अध्यक्ष बाबुराम पन्थीले एउटा सहकारी र अर्को सहकारी बिचमा पैसा लाने लिने गरि समस्या भएको  भन्दै  उत्पादन तथा आय मुलक काममा लगानी गरि सहकारी आत्मनिर्भरता तर्फ अगाडि बढ्नु  पर्ने बताउनु भयो । सहकारीको साधारण सभामा बिभिन्न  राजनिति दलका प्रमुख तथा प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि,समाजसेबि, बुद्धिजिबि ,सुरक्षाकर्मीले समेत साधारण सभा सफलताको  सुभकामना मन्तव्य राख्नु भएको आयोजकले जनाएको छ  । सात  सय भन्दा बढी शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले आफ्ना शेयर सदस्य हरुलाई सुलभ कर्जा सुबिधा  सहित उन्नत बीउ बिजन,रासायनिक मल बिक्री बितरण,साथै सदस्य हरुलाई  लगायतका सुबिधाहरु दिदै आएको सहकारीका सहायक प्रबन्धक शोभा पुन बताउनु भयो l                                                                                  धारापानी शान्ती माध्यमिक बिधालयमा सम्पन्न भएको  साधारण सभामा संस्थाका अध्यक्ष कबिता पौडेलद्वारा  प्रस्तुत बार्शिक प्रगति प्रतिबेदन,आर्थिक प्रतिबेदनका साधारण सभाका विभिन्न प्रस्ताव एक मतका साथा  पास गरिएको प्रबन्धक पबित्रा भट्टराई बताउनु भयो  ।                    साधारण सभाको अबसरमा संस्थाले उत्कृष्ट कृषक ,जेष्ठ सदस्य ,उत्कृष्ट बचतकर्ता हरुलाई सम्मान समेत गरेको थियो । साथै संस्थाको तर्फबाटसमाजसेबि ,राजनीतिकर्मी  सुरक्षाकर्मी हरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै