
हृदय भुसाल अर्घाखाँची । समुन्नति महिला कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क ८ किमडाडाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि एबम सन्धिखर्क नगरपालिका वाड न ८ का वाड अध्यक्ष हुम प्रसाद बन्जाडेले सबै सहकारीले सहकारीका मुल्य,मान्यता,सिद्धान्तलाई पुर्ण रुपमा पालना गर्नु पर्ने भन्दै अध्यक्ष बन्जाडे अब सहकारीले उत्पादन र स्वरोजगारमुलका कार्यक्रम अगाडी बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा किमडाडा हेल्थपोस्ट इन्चार्ज यादब पान्डे सन्धिखर्क नगरकार्यपालिका सदस्य हरु लिला भुसाल,कृष्णा भुसाल लगायतले साधारण सभा सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष मिना थापाले प्रगति प्रतिबेदन,आशा थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभा सहकारिका अध्यक्ष मिना खत्रीको अध्यक्षता, गिता थापाको स्वागत मनतब्य र सचिब बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो । सहकारीले साधारण सभाको अबसरमा जेष्ठ सदस्य लोकहरि पराजुली,फुर्शी नेपाली,ब्यबसायिक ऋणि मिना भुसाल, बिमला पराजुली,असल बचत कर्ता दिपिका अर्याल,टीका कला चुदाली,गोमा चुदाली साथै जेहेन्दार विद्यार्थी अनिसा सापकोटा,लाई सम्मान गरेको संस्थाका सचिब बिष्णु आर्चायले बताउनु भयो ।