८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

वस्ति स्तरमा पुग्‍यो शितगंगाको वामपन्थी सहकार्य तथा एकता महा अभियान

Workplace

बिक्रम आचार्य शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६,७,१० को संगम स्थान सिसा बगर वस्तिमा शितगंगाको वामपन्थी सहकार्य तथा एकता अभियान अन्तरगत नागरिक संग सहकार्य अनुभव आदान प्रदान तथा भेटघाट कार्यक्रम एक कार्यक्रम विच सम्पन्न भयको छ ।

कार्यक्रम जिल्ला समन्वय समिती सदस्य डाल कुमारी भण्डारीको प्रमुख आथिथ्यता वडा नं. ६ का वडा सदस्य सूर्य सारु वामपन्थी नेताहरु मधु बहादुर सारु ,भुपाल सारु , अर्जुन वुढा मगर , डिहि आधारभुत विद्यालयका प्रधानाध्यापक लक्ष्मण ओली को विशेष आथिथ्य तथा तिन ओटै वडाका आम नागरिकको व्यापक उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानिय राजु वि.क. , खिम बहादुर माझि , लक्ष्मण ओलीले महा अभियान सफलताको शुभकामना राख्नु भयको थियो भने वामपन्थी नेता मधु बहादुर सारुले कार्यक्रमको उद्देश्य को विषयमा प्रकाश पार्नु भयको थियो ।

कार्यक्रममा नागरिक संग भेट अन्तरगत प्राथामिक उपचार को सेट झोला , क्यालेन्डर र एक सेट चप्पल उपहार प्रमुख अथिती र कार्यक्रम अध्यक्ष मार्फत प्रधान गरियको थियो ।
सो कार्यक्रममा उपस्थित स्थानियले शितगंगाको विकट मानिने यस स्थानमा विकाश बजेटको लागि उच्च स्तरबाट नजर नपुगेको गुनाशो राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति भण्डारीले यहा वाट मात्र नभई केन्द्र वाट नै एकता संदेश आएमा आभारी हुने र त्यसको लागि आफुले पनि पहल गर्ने सहकार्य गरेर विकट वस्तिमा विकाश गर्नुपर्ने आवश्यता रहेको बताउनु भयो ।

कार्यक्रम शितगंगा वामपन्थी सहकार्य तथा एकता महाअभियान सदस्य मणि अधिकारीको अध्यक्षता महाअभियान सदस्य अर्जुन बुढामगरको स्वागत मन्तव्य र महाअभियान सदस्य केदार बेल्वासेको संचालनमा सम्पन्न भएको छ ।
दुर दराजका वस्तीका जनताका गुनाशा समस्या सुन्दै बुझ्दै सामाधानको पहल पनि हुन जरुरी छ सबै पार्टिले यस्तै वस्ती वस्तीमा अभियान चलाउदा जन्ता संग दल प्रति देखिएका निराशामा आशाको दियो बल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै