२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम सम्पन्न

Workplace

हृदय भुसाल,अर्घाखाँची l  पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित जिम्मेवार पत्रकारिताको बिकास,प्रेस स्वतन्त्रताको संरक्षण,सम्बद्र्धन गर्नुका साथै नेपाल सरकार र संचार माध्यमका बिच पुलको रुपमा काम गर्दे आएको प्रेश काउन्सिल नेपालले अर्घाखाँचीको सन्धिखर्कमा बिहीवार पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरको गरेको छ ।
आचारसंहिता जागरण कार्यक्रममा बोल्दै प्रेश काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले पे्रश काउन्सिलले पत्रकार आभारसंहिता उल्लङ्घनका बिषयमा उजुरी सुन्ने,सोउपर अध्ययन अनुसन्धान गरि आबश्यक कारवाही गर्ने भन्दै अधिकारीले आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने पत्रकारिताको बिकासका लागी बिभिन्न कार्यक्रम संचालनका साथै आचारसंहिता सम्बन्धी जागरण अभियान संचालन गर्दे आएको बताए ।
वोर्ड सदस्य अधिकारीले भने,“सञ्चार माध्यमलाई मार्यादित तथा जिम्मेवार बनाउन प्रेश काउन्सिलको भुमिका निकै महत्वपुर्ण छ, पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ ,स्वतन्त्र र उतरदायी पत्रकारिताको बिकासका लागी सवैले ध्यान जानु पर्छ”।
जागरण अभियानको बिषयबस्तु प्रस्तुतिकरण गर्दे बोर्ड सदस्य ठाकुर बेल्वासेले पे्रश काउन्सिल ऐन,२०४८मा उल्लेख भएको ब्यवस्था,पत्रकार आचारसंहिता २०७३ (प्रथम संसोधन,२०७६)साथै (बाल  संचार निर्देशिका २०७३) (अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३),(महिला उतरदायी सञ्चार निर्देशिका २०७६) (जेष्ठ नागरिकमैत्री सञ्चारनिर्देशिका २०७८) मा उल्लेख भएका कानुनी ब्यवस्था बारे जानकारी दिदै बेल्वासेले बर्तमान अबस्थमा मिडियाले प्रकाशन प्रशारण गर्दा गर्ने गरेको कमजोरीका बारेमा सहजीकरण गर्दे सवैलाई आचारसंहिताको पालना गर्नुपर्ने बताउनु भयो ।
कुनै पनि पत्रकार वा सञ्चार माध्यमले पत्रकार आचारसंहिता बिपरित समाचार तथा समाचार सामग्री प्रकाशन प्रशारण वा उत्पादन र बितरण गरेका कारण कनुै ब्यक्ति ,समुह वा संस्थालाई मर्का परेको भन्ने लागेमा मर्का पर्ने लक्षले सर्वप्रथम सम्बन्धित सञ्चार माध्यमका सम्पादकलाई सम्बोधन गरि लिखित गुनासो,खण्डन,वा स्पष्टिकरण प्रस्तुत गर्नुपर्ने कानुनी ब्यवस्था भएको प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल बताए ।
मुख्य अधिकृत भुसालले भने,“पठाएको स्पष्टिकरण खण्डन,वा प्रतिकृया सम्बन्धित सञ्चार माध्यमले प्रकाशन प्रशारण नगरी चितबुझदो जवाफ नदिएमा पिडित पक्षले आफनो स्पष्टिकरण खण्डन वा प्रतिकृया प्रति संलग्न गरि काउन्सिलमा पेश गर्न सक्नेछ,बिपत र चाडपर्बको बेला धेरै आचारसंहिता उल्घन हुने गर्दछन् त्यती बेला सबै पक्ष सहज र सचेत हुन जरुरी छ”।
नेपालको संबिधानले संचार जगतलाई मैलिक हकमै समाहित गरेकोले लेखन भाषा,शब्दलाई मर्यादित ब्यवस्थित र तथ्यपुर्ण हुने पर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । प्रजिअ ढकालले प्रेश काउन्शिलले पत्रकार आमसंचार र सरकारबिच पुलको रुपमा बिगतदेखी महत्वपुर्ण काम गर्दे आएको बताउनु भयो ।
प्रेश काउन्सिल  ऐन २०४८ बमोजिम प्रेश काउन्सिल नेपालको महत्वपुर्ण भुमिका रहेको छ । पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ,स्वतन्त्र र उतरदायी पत्रकारिताको बिकास तथा सम्बद्र्धनका लागी २०२७ सालमा स्थापना भएका र यसैका लागी कृयाशिल रहदै आएको छ ।
पत्रकार आचारसंहिता जागरण कार्यक्रममा पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,पुर्व अध्यक्ष शोभाखर पन्थी,हिम बहादुर जिसी लेकाली,लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा इश्वरी बक्स गुल्मका गुल्मपति महेश्वर थापा,सशस्त्र प्रहरी नायवनिरिक्षक भिमसेन थापा,प्रहरी निरिक्षक बिक्रम रिजाल,प्रमुख अनुसन्धान अधिकृत इश्वरी आचार्य,बिभिन्न सरकारी तथा गैहसरकारी संस्थाका प्रतिनिधी बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधी,मिडियाका संचालक सम्पादक तथा मिडियाकर्मि सञ्चारकर्मिको आथित्यता रहेको थियो ।
कार्यक्रम प्रेश काउन्सिलका बोड सदस्य शरद अधिकारीको अध्यक्षता पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको स्वागत मनतब्य र सहसचिब हृदय कुमार भुसालको संचालनमा सम्पन्न भएको थियो l
स्वस्थ,स्वच्छ,स्वतन्त्र,मर्यादित पत्रकारितामैत्री प्रेश काउन्सिल नेपाल नारा भन्ने मुख्य नारा सहित जागरण कार्यक्रम संचालन गरेको काउन्सिलले पत्रकारीताका मुल्य,मान्यता र प्रचलित कानुन र संहिताबारे जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै