१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

सन्धिखर्क नगरपालिका द्वारा स्वास्थ्य  तथा सरसफाई निति मस्यौदा माथी छ्लफल कार्यक्रम  सम्पन्न              

Workplace

हृदय भुसाल अर्घाखाँची । स्वास्थ्य सेवाप्रदायक संस्था वा ब्यक्ती बाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउनका  स्वास्थ मस्यौदा नीति बारे छ्लफल गरिएको छ ।                                           गुणस्तरीय औषधि तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीको प्रयोग गर्दै  छिटो छरितो,सहज र सर्बसुलभ स्वास्थ्य सेबा प्रदान गर्न साथै सेबालाई थप प्रभाबकारी बनाउन सन्धिखर्क नगरपालिकाले स्वास्थ्य तथा सरसफाई नीति निर्माणका लागी मस्यौदा उपर आफ्नो नगर भित्रका  सरोकारवाला पक्ष हरु सग छ्लफल कार्यक्रम सम्पन्न गरेको छ ।                             स्वास्थ्य तथा मस्यौदा माथी छ्लफल कार्यक्रममा बोल्दै नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले नेपालको संविधानले आधारभुत स्वास्थ्य सेबालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको भन्दै गुणस्तरिय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्बसुलभ पहुँचमा पुराउने राज्यको दायित्व भएको बताउनु भयो ।  भुसालले  रास्ट्रिय  स्वास्थ्य नीति,प्रदेश स्वास्थ्य निति,लाई आधारमानी  सन्धिखर्क नगरपालिकाले आफ्नो नगरको  बर्तमान,अवस्था,समस्या तथा चुनौतीहरु साथै उपलब्ध स्रोत साधन तथा प्रमाण हरुलाई  समेत आधार बनाई सरोकारवाला हरुकै सहभागीतामा स्वास्थ्य  निति बनाउन लागेको बताउनु भयो ।                                                               (unfpa) का परामर्श दाता डाक्टर जीवन घिमिरेले प्रस्तुत गरेको मस्यौदा उपर अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारी, स्वास्थ्य  कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली (unfpa) लुम्बिनी प्रदेश प्रमुख राम थापा, सन्धिखर्क नगरपालिका सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वाड न ६ का वाड अध्यक्ष श्रीधर महत्रा, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सह सचीव हृदय भुसालले मस्यौदा उपर मनतब्य व्यक्त गर्नु भएको थियो ।                                       (unfpa) परामर्श दाता, स्वास्थ्य शाखा आयोजक भएको कार्यक्रममा विभिन्न  वाडका वाड अध्यक्षहरु कार्यपालिका सदस्य, स्वास्थ्य चौकी इन्चार्ज साथै  विभिन्न सरोकारवाला हरुको उपस्थिति रहेको कार्यक्रममा समुह गत छ्लफल गरि प्रस्तुत मसौदा उपर महत्त्वपूर्ण सुझाव प्रस्तुत गरिएको  थियो । कार्यक्रम प्रमुख प्रशाकिय अधिकृत खुमलाल भुसालको अध्यक्षता,जनस्वास्थ्य निरीक्षक प्रकाश परियारको स्वागत मनतब्य तथा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै