हृदय भुसाल अर्घाखाँची । शितगंगा नगरपालिका जिल्लाको प्रमुख प्रवेशद्वारा भएकोले जिल्ला आउने सबैले सितगगाको बिकासलाई हेरि जिल्लाको बिकास बारे धारणा बनाउने भएको हुँदा सितगाको बिकास जिल्लाको मुख्य पहिचान भएको जिल्ला समन्वय समिति प्रमुख जिबनारायण कोईरालाले बताउनु भयो । सितगगाको बिकास बिना जिल्लाको बिकास सम्भव नहुने भन्दै सबै पक्ष बिकास निर्माणको सबाल पुर्बाग्राही नभैई एक भयर लाग्नु पर्ने समन्वय प्रमुख कोईरालाले बताउनु भयो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको आर्थिक बिकास पर्यटन,प्रबर्द्धन र स्थानिय रोजगारिका लागी पर्यटन प्रबर्द्धन (२0८०) प विशेष अभियानका संचालनका लागि पालिकासँग अन्तरक्रिया कार्यक्रम अन्तर गत सितगगामा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कोइरालाले शितगंगा नगरपालिका धेरै सम्भावना रहेको पालिका भएको भन्दै जनताको माग र आबश्यकताको आधारमा उत्पादनलाई लाई समेत जोड दिनु पर्ने बताउनु भयो । अर्घाखाँची जिल्ला लाई प्रर्यटन ,कृषि र उद्योगको माध्यमबाट नै बिकास गर्न सकिने भएकोले स्थानियतहले त्यस तर्फ ध्यान दिनु पर्ने प्रमुख कोईरालाले बताउनु भयो ।
अन्तक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख छबिलाल पौडेलले शितगंगा प्राप्त प्रयटकिय सम्भावना भएको क्षेत्र भएकोले यसको प्रचार प्रसार तथा लगानी मार्फत यहाँको बिकास सम्भावना रहेको बताउनु भयो । शितगंगा नगरपालिकाले बिभिन्न क्षेत्रबाट प्रर्यटकहरुलाई आर्कषण गर्ने योजनाहरु सञ्चालन गरिरहेको भए पनि प्राप्त बजेटको अभावले सोचे जति काम हुन नसकेको भन्दै यो पर्यटन सम्बन्धि कार्यक्रम लाई निरन्तर अभियानको रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख गीता भाटले परिबर्तनका हरेक समयमा मिडियाको महत्त्वपूर्ण भुमिका रहेको भन्दै सितगगा,नगरपालिका लाई प्राथमिकता का साथ मिडियाले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । उपप्रमुख भाटले सबैले सकारात्मक सोच लियर बिकास र सामाजिक काममा एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा,बिभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य , बिभिन्न संघ सस्थाका प्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी लगायतको सहभागिका रहको थियो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सभापति अशोक खनालको अध्यक्षता , सहसचिव ह्दय भुसालले कार्यक्रमको बारेमा प्रकास पार्नु भएको थियो कार्यक्रम लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।