२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

अर्घाखाँचीमा  कार्तिक १६ गतेदेखी चौथो तिलक स्मृती भलिबल प्रतियोगिता हुने

Workplace


हृदय भुसाल अर्घाखाँची ।युवाहरुको एकता,समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क चुत्रावेशीका जागरुक युवाहरुको सक्रियतामा स्थापना भएको अर्घाखाँची युवा परिषद् द्धारा आयोजना हुने चौथो ब्थ्ऋ तिलक स्मृती भलिबल प्रतियोगिता आगामी कार्तिक १६ गते देखी सुरु हुने भएको छ । कोभिडका कारण केही बर्ष हुन नसकेको उतm भलिबल प्रतियोगीता यस बर्षदेखी नियमित रुपमा गर्न लागीएको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानकारी दिए ।
अन्तरपालिका स्तरिय हुने भलिबल खेलमा अर्घाखाँची जिल्लाका प्रत्येक पालिकामा दक्ष खेलाडी उत्पादन गर्ने,खेलमाध्यमबाट भाईचाराको सम्बन्ध बिस्तार गर्ने,पालिका तथा बिभिन्न संघ संस्था बिच भलिबलका माध्यमबाट सम्बन्ध बिस्तार गर्ने,दर्शकहरुलाई भंरपुर मनोरञ्जन दिने लगायतका महत्वपुर्ण उदेश्यका साथ भलिबल प्रतियोगिता गर्दे आएका परिषद्का महासचिब प्रकाश भुसालले बताए ।
जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको उतm प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का पुर्व अध्यक्ष तथा उतm खेल प्रतियोगिताका संयोजक कृष्ण भुसालले जानकारी दिए । उतm खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश गर्न सकिने खेल संहसंयोजक बाबुराम भुसालले बताए ।
अर्घाखाँची युवा परिषद्ले बिगतमा गरेका खेलहरु निकै रोमान्चक प्रभाबकारी र निष्पक्षय तवर बाट संचालन भएकोले उतm खेलमा आफुहरु पनि सहभागी हुदै आएको र यस बर्ष पनि खेल आयोजना भएको खवरले निकै खुसी तुल्याएको छ । तयारीका साथ उतm भलिबल प्रतियोगितामा सहभागी हुने भुमिकास्थान निवासी खेलाडी जिबन भट्टराईले बताए ।
लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएको अर्घाखाँची युवा परिषद्ले खेलकुद तथा सास्कृतिक,धार्मिक तथा अन्य सामाजिक सरोकारका सामाजिक कार्यहरु गर्दे जिल्लामा आफनो छुट्टै पहिचाहन बनाउन सफल भएको उतm संस्थाले संचालन गर्दे आएको गतिबिधी निकै प्रभाबकारी हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै