आजकाल 🌺

खै

किन किन

आजकाल

मलाई 

मनपर्न थालेको छ

रिस बोकेर 

संसार भत्काउन 

हिँडेको बादल

आँखा 

भत्किएको जून 

खबर 

हराएको बगर

सरकार संरक्षित खुँडा

किनकि

राज्यले

आजकाल 

नरभक्षीलाई पुरस्कृत गर्ने 

अभियान चलाएको छ मेरो  देशमा !

हो 

हिजो सम्म

मलाई 

मनपर्ने थिएन 

प्रकृतिको रौद्र ताण्डव

साह्रै नमिठो लाग्थ्यो देख्दा

फुंग उडेको 

वसन्तको बैँस वैभव

आमाका अश्रुवन्त आँखा 

बाबाका 

धाँजा फाटेका कुर्कुचा

निस्वार्थ भक्तहरुका

सभक्ति अर्पित

भगवानले चिन्न नसकेका 

आँसुका अभिषेक !

आज

ज्यानमारा 

समयको रङले

अस्ताचलको

कान्तिहीन सूर्य जस्तै 

बनेपछि मन!

मलाई 

मनपर्न थालेको छ

रुग्ण र बोझिल 

आर्तनादहरू 

प्वाँख उखेलिएको 

ज्युँदो चरा जस्तै

नग्न समृद्धि !

त्यसैले त

शासकको

आफ्नो बन्ने रहरले 

गाइरहेको छु 

सत्कर्मीको मृत्यु गीत

✍️नीलम् ,अर्घाखाँची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै