
हृदय भुसाल,अर्घाखाँची सन्धिखर्क नगरपालिकाले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना आदान–प्रदान गरिएको हो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सुभकामना व्यक्त गर्दै महान पर्बको अबसरमा एक आपसमा खुशी साटा साटासाट गर्दै छरछिमेकमा केहि बिपत्ति आए सबै पक्ष मिलेर सामाना गर्नु पर्ने बताउनु भयो । प्रमुख श्रेष्ठले सबैले आफ्नो अवस्था अनुसार पर्व मनाउनु पर्ने भन्दै सबैले सामाजको आर्थिक तथा सामाजिक अवस्थालाई समेत ख्याल गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । सोही अबसरमा नगर उपप्रमुख मिश्रा आचार्यले सुभकाना व्यक्त गर्दै विभिन्न परिबर्तनका लागी योगदान गर्ने हरु उच्च सम्मान गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नगरपालिका सस्थापक उपप्रमुख ठाकुर कुमार बिक किसोरले पर्बको अबसरमा सुभकामना व्यक्त गर्दै विभिन्न बिचार र आस्था भन्दा माथी उठि समृद्व नगरपालिका निर्माणका लागी सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रसाकिय अधिकृत खुमलाल भुसाल,पत्रकार महासंघका अध्यक्ष अशोक खनालले सुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी, पत्रकार हरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता,मुक्ति खनालको संचालनमा सम्पन्न भएको थियो ।