९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

सितगङा नगरपालिका क्षेत्र भित्रका खोलाहरुको संयुक्त अनुगमन

Workplace

अशोक खनाल,अर्घाखाँची ।

भौगोलिक रुपम ७५३ स्थानीयतह मध्ये सबै भन्दा ठुलो स्थानीयतह अर्घाखाँची जिल्लाको सितगङा नगरपालिका भित्र पर्ने चुरेक्षेत्र भित्रका खोलाहरुको संयुक्त अनुगमन सम्पन्न गरिएको छ स्थानीय नगरपालिका बाट आइ इ इ भएका चुरेमा सहमति माग्ने प्रयोजनका लागी रास्ट्रपति चुरे संरक्षण समितिमा सहमति मागगरि ठेक्का ब्याबस्थापन कार्यका लागी अनुगमन परिबेदन पेश गरिने भएको छ।
सोमबार जिल्ला अनुगमन समितिका जिल्ला संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको नेतृत्वमा गएको अनुगम टोलिले सितगङा नगरपालिका क्षेत्र भित्रका खोरमोर,बाणगङा, भङ्गला ,कोन्द्रे,गुडुङ, खयरभट्टी ,रनसिंह , राप्ती ,गङा ,झिमरुक दमारबेसी लगायतका खोलाहरुको अनुगमन गरेको छ ।
अनुगमन टोलिमा सितगङा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल नगरउपप्रमुख गिता भाट ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , डिभिजन बन अधिकृत यादब सापकोटा , निमित्त जि.स.स. प्रमुख बाबुराम थापा प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर , सितगङा नगरपालिकाका अधिकृत नुमलाल खनाल,इन्जिनियर नारायण पान्डे,स.प्र.नि. मिनराज पौडेल ,जि.स.स.नायबसुब्बा बिनोद कुवर, सिनपा . राजस्व शाखाका प्रतिनिधि कमल पन्थी ,नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल , सितगङा एफ एमका स्टेशन म्यानेजर पत्रकार अराज बेल्बासे ,सहयोगीहरु नारायण अधिकारी,पारश भट्टराई , मधुसूदन खनाल स्थानीय वडा अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो ।
उक्त खोलाहरु ठेक्का ब्याबस्थापन प्रश्यात नगरपालिका लाई तीन करोड भन्दा बढी आम्दानी हुने योजना शाखा प्रमुख अधिकृत नुमलाल खनालले जानकारी गराएका छन उक्त आम्दानी मध्येको रकम जिल्ला समन्वय समितिमा २ प्रतिशत प्रश्यात स्थानीय पालिकाको ६० प्रतिशत तथा प्रदेश सरकारलाई ४० प्रतिशत बाडिने कानुनी ब्याबस्था रहेको उल्लेख गरिएको छ माथी उल्लेखित खोलाहरु अर्घाखाँची जिल्लाको सिमाबर्ती जिल्लाहरु रुपन्देही , कपिलवस्तु , दाङ, प्युठान र पाल्पा सग जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै