कोशी प्रदेशको मुख्यमन्त्री आज टुंगो लाग्ने

काठमाडौं, २६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ ।

कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एमाले)को समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला समूहका केदार कार्की दुवैले गरेको दावीमा आज टुंगो लाग्ने भएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी, नेकपा एसका र जसपाका सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका कार्कीले आफूसहित कांग्रेसका ८ र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्चअदालतको व्याख्या छ ।

कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक हुन्छ ।  कोशीमा नेकपा (एमाले)का ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img