९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

इजरायलबाट २५० नेपाली लिएर आउँदै नेपाल एयरलाइन्स

Workplace


काठमाडौं । इजरायलबाट आज २५० जना नेपाली फर्कँदैछन् । नेपालमा आउन विमान चढेको तस्बिर उनीहरुले सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् । नेपाल आउन लागेका नेपालीहरु विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । उनीहरु आज राति नेपाल आइपुग्नेछन् ।

नेपाली विद्यार्थी ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो । इजरायल र गाजाबीच युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरु स्वदेश फर्किन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै