१० फाल्गुन २०८०, बिहिबार
१० फाल्गुन २०८०, बिहिबार

समाजबादी जागरणले लुम्बिनी लाई थप उत्साहित बनायो: अध्यक्ष पान्डे

Workplace

हृदय भुसाल बुटवल ।नेकपा एकीकृत समाजबादीले संचालन गरेको समाजबादी जागरण अभियानले जनता,पार्टी नेता कार्यकर्ता सबैलाई थप उत्साहित बनाएको पार्टीको पोलिटब्यरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पान्डेले बताउनु भयो । अध्यक्ष पान्डेले गत २0 गते नवलपरासी बाट लुम्बिनीमा आज सम्म संचालन भएको जनजागरण अभियान लुम्बिनीमा सफलतापुर्बक सम्पन्न गरि आज बाट सुदुरपश्चिम प्रवेश गरेको भन्दै यो अभियान लुम्बिनीमा पुर्ण रुपमा सफल भएको बताउनु भयो । रोजगार,सुशासन र सबृद्वीको नारा दियर संचालन गरेको अभियानमा लुम्बिनी प्रदेशको अभियान संचालन गरेका जिल्ला हरु बाट विभिन्न पार्टी परित्याग गरि पार्टी समेत प्रवेश गरेको अध्यक्ष पान्डेले बताउनु भयो ।बिधमान विभिन्न समस्याको समाधान गरि समाजवाद सम्म पुग्ने लक्ष्यका साथ संचालन गरिएको अभियानले लुम्बिनीमा नेकपा (एस) कमजोर छ? भनी गरिएको भ्रामक प्रचार जनताको उपस्थितले गलत साबित गरेको बताउनु भयो । नवलपरासी,रुपन्देही,कपिलवस्तु,दाङ बाके बर्दियाका विभिन्न स्थानमा गरिएका कार्यक्रममा जनताको बाजागा,फुलमाला नाराजुलुस साथै स्थानिय कला सस्कृती झल्कने झाकी समेत प्रस्तुत भएका थिए । उक्त अभियानमा पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल,पार्टीका सम्मानित नेता,तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनाल,पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डाक्टर बेदुराम भुसाल,उपाध्यक्ष राजेन्द्र पान्डे,जयन्ती राई,महासचिव घनश्याम भुसाल,उपमहासचिव जगनाथ खतीवडा,मन्त्री तथा उपमहासचिव प्रकाश ज्वाला,डाक्टर बिजय पौडेल,सचिब तथा प्रदेश इन्चार्ज पराजुली,सचिब नागेन्द्र चौधरी पोलिट्ब्यरो सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी,स्थायी कमिटी,पोलिट ब्यरो,केन्द्रिय सदस्य हरु,लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरे लगायतका जनप्रतिनिधि,जनसगठनका केन्द्रिय अध्यक्ष महासचिव लगायतका नेता कार्यकर्ता हरु अभियानमा लागिरहेको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै