४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

अभियानले सबैमा उर्जा थपेको छ: अध्यक्ष नेपाल

हृदय कुमार भुसाल, बुटबल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी जागरण अभियानले पार्टी कार्यक्रम साथै आम जनतामा उर्जा थपेको जगाएको बताउनु भएको छ। 

मेची-महाकाली समाजवादी जागरण अभियान २०८० को आठौ दिन आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको जीवन सुधार गर्ने संकल्प समाजबादी क्रान्तिको बोकेर अभियान सुरू भन्दै अबको समाजबादि यात्रामा सबैजना जोडिनु पर्ने बताउनु भयो  

त्यस्तै बुटवलको सभालाई सम्बोधन गर्दै पुर्बप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आजको बिकृतीको विकल्प समाजवाद भएको भन्दै कम्युनिस्ट नै अलमलमा परेकोले बिद्रोह मार्फत समाजबादी क्रान्तिको झन्डा उचालेको बताउनु भयो ।नेता खनालले अभियानले तरङ्ग श्रीजना गरेको बताउनु भयो ।अभियानमा बोल्दै पार्टी महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन पार्टीको मुख्य कार्यभार रहेको बताउनु भयो।  उहाँले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताउनु भयो। बेरोजगारी समस्या समाधान गरि सुशासन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी उपमहासचिव पार्टी प्रचार बिभाग प्रमुख जननाथ खतीवडाले पार्टीले संचालन गरेको अभियानले उर्जा थपेको भन्दै आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने सामर्थ्यका साथ अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डाक्टर बेदुराम भुसाल,उपाध्यक्ष जयन्ति राई, उपमहासचिव डा.विजय पौडेल, सचिब रामकुमारी झाक्री लगायतले विभिन्न कार्यक्रममा भनाई राख्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुली,प्रदेश अध्यक्ष सोम प्रसाद पान्डे सहित केन्द्रिय तथा प्रदेश का नेता हरुको आथित्यता रहेको थियो ।रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव,सचीव सरिता शीरिसको संचालक रहेको थियो ।चरणबद्व रुपमा संचालक भएको कार्यक्रममा नेकपा एमालेको विभिन्न तहका नेता सहित रोहिणि गाउँ पालिका अध्यक्ष सहित सबै कमिटी र सयौं नेता कार्यकर्ता समाजबादीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै